तोकिएको भन्दा छ महिना अघि पोखरा विमानस्थल निर्माण सकिने

चन्द्रप्रकाश शर्मा, पोखरा, भदौ ११ गते । निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समय भन्दा छ महिना अगाडिनै सकिने भएको छ ।

सन् २०२१ जुलाईमा सम्पन्न हुनेगरी निर्माणको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी सिएमसीले द्रुत गतिमा काम गरेकाले अवधी भन्दा छ महिना अगाडिनै विमानस्थल निर्माण हुने भएको हो ।

विमानस्थलको अवलोकन गर्न पोखरा आउँनुभएका संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिएमसीका प्रतिनिधि, आयोजना प्रमुख, नागरिक उड्डयन प्राधिकरणका प्रमुख लगायतले विमानस्थलको भौतिक र आर्थिक प्रगतिसँगै अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउँदै छ महिना अगाडिनै निर्माण सक्ने जनाएका थिए ।

मन्त्री भट्टराईलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले लक्ष्यको १२० प्रतिशत काम भइरहेको भन्दै छ महिना अगाडिनै एक सय ६० सिट क्षमताका फोरडि’ जहाजहरु अवतरण गर्न सक्ने जानकारी गराउनुभएको थियो ।

निर्माणमा संलग्न कम्पनीका प्रतिनिधि, आयोजना प्रमुख लगायतको व्रिफिब सुनेपछि उत्साहित बन्नुभएका मन्त्री भट्टराईलाई छ महिना अगाडि विमानस्थल सम्पन्न गरी निर्माणमा संलग्नलाई रथयात्रा सहित पोखरा घुमाउँन आग्रह गर्नुभएको थियो ।

आफू मन्त्री भएरदेखि राष्ट्रिय गौरवका आयोजनाहरुमा हरेक दिन भएका प्रगतिको जानकारी लिने गरेको बताउँदै मन्त्री भट्टराईले पोखरा विमानस्थलको प्रगतिले आफूलाई उत्साहित बनाएको बताउनुभयो ।

नेपालमा काम ढिलो हुन्छ भन्ने रेडिमेड उत्तर स्थापित हुँदै आइरहेका बेला अरवौं रुपियाँको लागतमा निर्माण हुने पोखरा विमानस्थल छ महिना अगाडि नै सम्पन्न हुने भएपछि त्यस काममा संलग्नलाई रथयात्रा गरेर सम्मान गर्नुपर्छ ।’ भट्टराईले भन्नुभयो ।

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल, निजगढ विमानस्थलको निर्माण तथा अन्य सञ्चालित विमानस्थलहरुको स्तरोन्नतीलाई आफूले प्रमुख प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गर्दै मन्त्री भट्टराईले तोकिएको समयमै भन्दा छिटो सम्पन्न हुनेगरी कामलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।

मन्त्री भएपछि आफूले गर्नुपर्ने कामको बारेमा भित्रै पुगेर अध्ययन गरिरहेको भन्दै मन्त्री भट्टराईले विमानस्थलको भौतिक तथा आर्थिक प्रगति कस्तो छ भन्ने बारेमा जानकारी लिन आफू पोखरा आएको बताउनुभयो ।

मैले मन्त्रालयमा कसरी काम गर्ने भन्ने विषयमा भित्रै पुगेर अध्ययन सकेको छु, अब द्रुत गतिमा काम अगाडि बढाउँदै छु, मन्त्रालयले एक वर्षमा एक सय ४१ वटा बुँदामा आफ्ना प्रतिवद्धता सार्वजनिक गरिसकेको छु, अब त्यसलाई कार्यान्वयनको चरणमा लैजानेतर्फ सोंच्छु ।’ मन्त्री भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल तथा स्थानीयवासीलाई एकैठाउँमा राखेर विमानस्थलको निर्माणका बारेमा सुझाव माग्नुभएको थियो ।

सहभागीहरुले विमानस्थल निर्माण गर्दा किस्ता किस्तामा गरिने जग्गा अधिग्रहणका कारण एकै व्यक्ति पाँचौपटकसम्म विस्थापित हुनुपरेको, मुआव्जा न्यायोचित नभएको, विमानस्थलमा ठूला जहाज आउँनका लागि हवाई रुट लगायतका विषयमा कुरा उठाएका थिए ।

मन्त्री भट्टराईले कसैलाईपनि अन्याय हुनेगरी काम नगर्ने भन्दै विमानस्थल निर्माणको काम निरन्तर हुने भएकाले एकैपटक गर्न नसकिएको बताउनुभयो ।

हवाई रुटका बारेमा भारतसँग भइरहेको कुरा सकरात्मक रहेको भन्दै हाल नेपालमा सिमरा रुट भएर हवाईजहाजहरु आवातजावात गर्ने भएकाले अब भैरहवा, नेपालगञ्ज र महेन्द्रनगर रुटका बारेमा भारतसँग सम्झौता गरिने बताउनुभयो ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुबले संघीय सरकार मातहतमा रहेका ठूला आयोजनाहरुका बारेमा प्रदेश सरकार बेखवर हुने गरेको भन्दै समन्वय गरेर अगाडि बढ्न सके समयमै सम्पन्न गर्न सकिने बताउनुभयो ।

पोखरा विमानस्थल गण्डकी प्रदेशकै गौरवको विषय भएकाले आवश्यकता अनुसार समस्या पर्ने ठाउँमा प्रदेश सरकारले सहजीकरण गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जतिसक्दो धेरै सिट क्षमताका जहाजहरु अवतरण गर्न सकुन भन्ने सोंच सहित काम भइरहेको भन्दै विमानस्थलमा एक सय ६० सिट क्षमतासम्मका जहाज अवतरण गर्न सकिने भएपनि उत्तरतर्फ रहेको डाँडालाई केही घटाएर अझसुरक्षित बनाउनुपर्ने बताउनुभयो ।

आयोजना प्रमुख विनेश मुनकर्मीले अहिलेसम्म विमानस्थलको ४५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो ।

ठूलो लगानीमा निर्माण सुरुभएको विमानस्थलका लागि जग्गा व्यवस्थापन, निर्माण सामग्री लगायतका काममा स्थानीयबाट ठूलो सहयोग भएकाले कुनै अवरोध भोग्न नपरेको भन्दै मुनकर्मीले सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गनेर् गरी सम्झौता गरिएकोमा सन् सन् २०२० डिसेम्बरमै सम्पन्न हुनेगरी कामलाई अगाडि बढाइएको जानकारी दिनुभयो ।

२१ अर्व रुपियाँको लागतमा निर्माण हुन लागेको विमानस्थलको निर्माण चिनियाँ कम्पनी सिएमसीले जिम्मा लिएको थियो ।

अहिलेसम्म विमानस्थलका लागि आवश्यक दुई हजार पाँच सय मिटर लम्बाईको र ४५ मिटर चौडाईको रनवे, ट्याक्सी पार्किब स्थल, दायाँबायाँ नाली निर्माण लगायतका काम सकिएका छन् भने विमानस्थलका अन्य भौतिक संरचना निर्माणको काम भइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter