आधुनिक सार्वजनिक शौचालय निर्माण हुने

ललितपुर, भदौ १२ गते । ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।

भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक बायोग्याससहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

“यी शौचालय महानगरपालिका र सङ्घसंस्थाको सहकार्यमा सार्वजनिक निजी साझेदार लगानीमा छिट्टै बनाउन लागेका हाँै”, महर्जनले भन्नुभयो, “पाटनमा दैनिक भित्रिने स्वदेशीलगायत विदेशी मानिसको भीडलाई ध्यानमा राखी बनाउन लागेका छाँै ।” ती शौचालय निशुःल्क हुने बताइएको छ ।

सो शौचालय निर्माणका लागि महानगर र एरोस्यान सस्टेनएबल स्यानिटेसनबीच सम्झौता भइसकेको छ । अहिले महानगरभित्र लगनखेल बसपार्क, मङ्गलबजार, युएन पार्क, पाटनढोका, कुपण्डोल, जावलाखेल र मङ्गलबजारको तरकारी बजारमा सार्वजनिक शौचालय छन् ।

यीमध्ये जावलाखेल र कुपण्डोलको सार्वजनिक शौचालय प्रयोगमा आएका छैनन् । तिनलाई महागरपालिकाले व्यवस्थित गर्दै लाने जानकारी दिएको छ । महानगरले आफ्ना सबै वडामा सार्वजनिक शौचालाय बनाउने योजना अघि बढाएको छ । स्वच्छ महानगर बनाउने अभियानअन्तर्गत धामधम ललितपुरमा शौचालय थप्ने काम भइरहेको बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter