एटिएमबाट एक करोडभन्दा बढी अनधिकृत पैसा झिक्ने पाँच चिनियाँ नागरिक पक्राउ

काठमाडौँ,भदौ १५ गते । एटिएममार्फत् करोडभन्दा बढी रकम लुटपाट गर्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नक्कली भिसा कार्ड बनाएर एटिएमबाट १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ लुटपाट गर्ने चिनियाँ नागरिकहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । शनिबार पक्राउ परेका चिनियाँ नागरिकहरुमा ३५ वर्षीय चेन विन विन, ३० वर्षीय क्यू याङयिङ, ३२ वर्षीय झू लियाङ आङ, २९ वर्षीय लिन जिनमिङ र ४० वर्षीय लू जियालिङ रहेका छन् । उनीहरुको साथबाट नक्कली भिसा कार्ड १३२ थान, मोवाईल ६ थान, ल्यापटप १ थान, डाटा कार्ड १ थान बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

शनिबार दरबारमार्गस्थित नविल बैंकको एटिएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना चिनियाँ नागरिक पक्राउ गरेका थिए । प्रहरीले उनी बसेको होटलबाट अन्य ४ जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ९ हजार १ सय ८ अमेरिकन डलर पनि बरामद गरिएको जनाएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter