कार्यालय समयमा मोबाईल नचलाउन कर्मचारीलाई मन्त्रीकाे निर्देशन

काठमाडौँ,भदौ १५ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोबाईल फोनमा संवाद नगर्न सचेत गराएका छन् ।

उनले अख्तियार दूरुपयोग अनुसन्धान आयोगलगायतका निकायको छानबिनमा रहेका विमानस्थलका कर्मचारीलाई तत्काल हटाउने चेतावनी दिए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले कुनै पनि दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्ने स्पष्ट पारे । मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेस बुक चलाएर बस्ने कर्मचारीहरुको तस्वीर आफूले संकलन गरेको उल्लेख गर्दै उनीहरुमाथि कारबाही गर्न विमानस्थलका नेतृत्वलाई निर्देशन दिए ।

सो विमानस्थलका अनुशासनहिन कर्मचारीलाई कारबाही दायरामा ल्याउन सिसिटिभी क्यामेराको थप व्यवस्था गर्ने मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको ईज्जतसँग जोडिएकाले पनि यसका कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने बताए ।

सेवाग्राहीले विमानस्थलका कर्मचारीहरुको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन प्रशिक्षण कार्यक्रम सुरु गरेकाे उनले स्पष्ट पारे । ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले कर्मचारीहरुको काम गर्ने शैलीमा पनि सुधार आउने उनले विश्वास व्यक्त गरे । प्रशिक्षण कार्यक्रममा विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरु सहभागी भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter