आर्थिक वृद्धि गर्न सरकार सफल भएको छ : मन्त्री पण्डित

काठमाडौँ,भदौ १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार आर्थिक वृद्धि तथा प्रशासनिक काममा सफल भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले नेपालले सात प्रतिशतको आर्थिक वृद्धि गरेको तथा कर्मचारी समायोजनमा द्रुत काम भइरहेका बताउनुभयो ।

संविधानअनुसार ऐन, कानून बनाउँदै सङ्घ, प्रदेश र स्थानीय तीनै तहबीच अन्तरसम्बन्ध व्यवस्थित गरेको उहाँको धारणा थियो ।

उहाँका अनुसार कतिपय कानून सङ्घीय संसद्मा पुगेका तथा केही छलफलका क्रममा र कतिपय मस्यौदा भइरहेका छन् ।

स्थानीय तहलाई ध्यानमा राखेर पहिलो चरणको लोकसेवा आयोगको विज्ञापन खोलीसकिएको र अब सङ्घ तथा प्रदेशका लागि विज्ञापन खोल्ने प्रक्रिया भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री पण्डितले सरकार भ्रष्टाचारीलाई कारवाही गर्ने कुरामा निर्मम भएर प्रस्तुत भएको उल्लेख गर्दै दोषी जो भए पनि कारवाही गर्न पछि नहट्ने बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले गौहत्या भएको विषयमा अनुसन्धान भइरहेकाले अपराध गरेको प्रमाणित भए सरकारले दण्डित गर्ने बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter