एटिएमबाट रकम झिक्ने चिनियाँलाई सहयोग गर्ने तीन नेपाली पक्राउ

काठमाडौँ,भदौ १६ गते । एटिएमबाट ह्याकरले पैसा निकालेको प्रकरणमा प्रहरीले ५ चिनियाँ नागरिकसँगै एक फ्रान्सेली र सहयोग गर्ने तीन नेपालीलाई पक्राउ गरेको छ । शनिबार भएको उक्त घटनाकाे अनुसन्धानमा संलग्नको पहिचान गरी प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । चिनियाँ ह्याकरले नेपाली रुपैयाँ साट्ने दुई मनी चेञ्जर (पैसा सटही)का सञ्चालक र प्रबन्धकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठमेलस्थित डेक्सो मनी चेञ्जरका सञ्चालक वेदनाथ लामिछाने र नेपालय मनी चेञ्जरका सञ्चालक रोशन प्रधान श्रेष्ठ र प्रबन्धक रेवती दुवाडी पक्राउ परेका हुन् । प्रहरीले एटिएमबाट पैसा निकालेका चिनियाँले ठमेलका यी दुई मनी चेञ्जरमा पैसा साटेको सिसी क्यामेराबाट देखिएको जनाएको छ ।

एटिएमबाट अवैध रकम झिकेको घटनाको अनुसन्धान गरेका डिएसपी होविन्द्र बोगटीले निकालेकाे रकम मनी चेञ्जरबाट बरामद भएको बताए । उनले उक्त रकम बरामद भएको जानकारी दिए । बोगटीका अनुसार दुई चिनियाँ नागरिक भने फरार छन् । उनीहरु नेपालमै छन कि बाहिर पुगे भन्ने खुलेको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter