शहीदको सम्झनामा पुस्तकालय

दैलेख, भदौ १६ गते । पञ्चायती ब्यवस्थाका विरुद्धको आन्दोलनका शहीद मायाराम रेग्मीको सम्झनामा पुस्तकालय स्थापना गरिएको छ । विं.सं २००७ सालमा स्थापना भएको प्रजातन्त्रलाई २०१७ साल पौष १ गते राजा महेन्द्रले कु गरेपछि प्रजातन्त्र स्थापनार्थ गरिएको आन्दोलनमा राज्यपक्षबाट गिरफ्तार गरी तत्कालीन गौंडा दरवारको छतबाट बोरामा हालेर मारिएका शहीद मायाराम रेग्मीको सम्झनामा उक्त पुस्तकालय स्थापना गरिएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको पाँचलाख बजेटमा पुस्तकालय स्थापना गरिएको शहीद मायाराम स्मृति प्रतिष्ठानका अध्यक्ष टेकबहादुर खाणले बताउनुभयो । उहाँले पुस्तकालय दिवसको अवसर पारेर प्रजातन्त्र पुनस्र्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने शहीद मायाराम रेग्मीलाई सम्झिन पुस्तकालय स्थापना गरेको जनाउनुभयो ।

केही महिना अघि शहीद मायाराम स्मृति प्रतिठान गठन गरी उहाँको नाममा पुस्तकालय स्थापना गर्ने निर्णय बमोजिम पुस्तकालय स्थापना गरेको प्रतिष्ठानका उपाध्यक्ष मायाराम अधिकारीले बताउनुभयो । जिल्ला समन्वय समितिको एउटा कोठा लिएर पाँच लाख रुपियाँ बराबरको पुस्तकहरु संकलन गरेर राखिएको छ ।

पुस्तकालयको उद्घाटन गर्दै कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले शहीद मायाराम रेग्मीले गरेको योगदानलाई स्मरण गर्दै राज्यले आँखामा पट्टि बाँधेर हातमा किला ठोकेर राजाका पक्षमा लाग्छन् कि आन्दोलनमा भन्ने सवालमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि आफ्नो ज्यान दिन तयार शहीद मायाराम रेग्मीलाई कसैले बिर्सन नसकिने जनाउनुभयो ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले शहीद मायाराम स्मृति प्रतिष्ठानको आग्रहमा जिल्ला समन्वयमा पुस्तकालय स्थापना गरिएको बताउनुभयो । २०४३ सालमा दैलेखमा पुस्तकालयको स्थापना गरेपनि उक्त पुस्तकालय टिक्न नसेकेको भन्दै यो पुस्तकालयलाई पनि पुरानै अवस्थामा जाने वातावरण सिर्जजा नगराउन सबैले आग्रह गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter