तोकिएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुन्छ : मन्त्री पण्डित

माला कर्ण / सप्तरी, भदौ १९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका प्रदेश २ को पहिलो बाल मैत्री नगरपालिका विहीबार एक भव्य कार्यक्रमबीच घोषणा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बाल मैत्री नगर घोषणा गर्दै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताउनुभएको छ । मन्त्रालयमा भएको निर्णय अनुसार कर्मचारी खटाएको ठाउँमा नगए कारवाही हुने बताउनुभयो । तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उहाँले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्त हुने जिकिर गर्नुभयो ।

उहाँले नयाँ र पुराना राष्ट्रसेवक काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाका लागि रोजगारीको बाटो खुल्ने बताउनुभयो । मन्त्री पण्डितले भन्नुभयो, ‘हाम्रो देशमा लाखौं युवा बेरोजगार छन्, उनीहरुलाई विदेश पठाउनुभन्दा स्वदेशमै रोजगार दिएर उनीहरुको भविष्य उज्वल हुने बताउनुभयो ।’

उहाँले लोक सेवाको विज्ञापनको बारेमा चर्चा गर्दे भन्नुभयो, स्थानीय तहमा नौ हजार १६१ दरबन्दीका लागि साढे चार लाख युवाले प्रतिस्पर्धा गरिरहेका छन् तर केहीले भ्रम छरिरहेका छन तर ती कुरा हराउँदै गएका छन् ।

उहाँले अब टीका र आशिर्वादको भरमा जागिर पाउने दिन गएको बताउनुहुँदै योग्य, प्रतिस्पर्धामा आउनेहरुले मात्र जागिर पाउने र अस्थायी भए, ज्यालादारी भए करारमा आए मलाई प्रतिस्पर्धा गर्नुपर्देन् स्थायी जागिर हुन्छ भन्ने सोच्नु अब असम्भव रहेको बताउनुभयो ।

संघीय निजामति ऐन अहिले अन्तिम चरणमा रहेको बताउँदै उहाँले चाँडै नै अन्तिम रुप दिएर प्रदेश र स्थानीय तहको आधार र मापदण्डबारे संघीय संसदमा निर्णयका निम्ति छलफलमा लगिने बताउनुभयो ।

कार्यक्रममा राष्ट्र सभा सदस्य सुमनराज प्याकुरेल, प्रतिनिधि सभा सदस्य सरिता गिरी यादव, प्रदेश सभा सदस्य सत्यनारायण मण्डल, विभिन्न स्थानीय निकायहरुको प्रमुख तथा उप प्रमुखहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो

राष्ट्रिय बाल दिवसको संघारमा नगरपालिकाले बाल मैत्री नगर घोषणा गरेको हो । बालमैत्री नगर घोषणाका लागि नगरपालिकाका अनुसार बालमैत्री नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन ऐन २०६८ ले निर्धारण गरेबमोजिम ३९ वटा सुचकहरु नगरपालिकाले पूरा गरिसकेकोले घोषणा गरिएको जनाएको छ । बाल सहभागिता, बाल बचाउ, संस्थागतका ३१ वटा सूचकमा शतप्रतिशत र बालसंरक्षण, बाल विकासको आठ वटामा ९० प्रतिशत भन्दा बढी सूचक पूरा गरिसकेको नगरपालिका प्रमुख बसन्त मिश्रले बताउनुभयो ।

संघीयता पछिको नेपालकै तेश्रो तथा प्रदेश नम्बर–२ को पहिलो बालमैत्री नगर घोषणाले स्थानीयवासी हर्षित देखिएका छन् ।

घोषणा सभामा बोल्दै नगर प्रमुख मिश्रले निश्चित सूचकमा नतिजा प्राप्त गरी घोषणा गरिएको र थप गुणस्तरीय बालमैत्री वातावरण तयार गर्नका लागि निरन्तर कार्य गरिने प्रतिबद्धता जनाउँनुभयो। बालमैत्री घोषणा पश्चातको दिगोपनका लागि पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन हुने विश्वास दिलाउनु भएको छ ।

नगरपालिकाले स्थानीय तहको पुर्नसंरचना अघि २०७१ सालदेखि नै बालमैत्री स्थानीय शासन अवलम्बन गरी निरन्तर बालबालिकाको अधिकारको क्षेत्रमा कार्य गर्दै आएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter