पाइपलाइन उद्घाटन सिंहदरबारबाट

काठमाडौँ, भदौ १९ गते । नेपाल भारत पेट्रोलियम पाइपलाइनको औपचारिक उद्घाटन भदौ २४ गते मध्याह्न १२ः१५ बजे गरिँदै छ । नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्ना देशबाट रिमोटमार्फत पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा भारतीय आयल निगमको मोतीहारी डिपोलाई प्रत्यक्ष भिडियोमा जोडिँदै छ । दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा मोतीहारी डिपोबाट तेल पठाउने भल्वको स्विच अन गर्नुहुने छ । तत्काल पुनः दुवै प्रधानमन्त्रीले नेपालको अमलेखगञ्ज डिपोमा तेल खस्ने भल्वको पनि स्विच अन गर्नुहुने छ । त्यसलगत्तै भारतबाट पाइपलाइनमा नियमित डिजेल ल्याइने छ । प्रधानमन्त्री केपी शर्मा ओली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव र उद्योग तथा वाणिज्य मन्त्रालयका दुई जना सचिवसहितको टोली सिंहदरबारमा हुने छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र पेट्रोलियम पाइपलाइन परियोजनाका नेपाली तथा भारतीय प्रमुख उक्त दिन अमलेखगञ्जस्थित डिपोमा रहने छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter