लुम्बिनीमा चिनियाँ लगानी आउने

भैरहवा, भदौ १९ गते । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा लगानी गर्न चीन सरकार र त्यहाँको निजी क्षेत्र तयार रहेको बताउनु भएको छ ।

प्रदेश सरकारको तर्फबाट एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन जानुभएका मन्त्री गिरीले स्वदेश फिरेपछि उक्त जानकारी दिनु भएको हो । सञ्चारकर्मीसँगको भेटमा उहाँले चीन सरकार र त्यहाँको निजी क्षेत्र लुम्बिनी क्षेत्रको पर्यटन, उद्योग, कृषि र व्यापारमा लगानी गर्न तयार भएको आफूले पाएको बताउनुभयो ।

मन्त्री गिरीसहित प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम शर्मा, नेपाली काङ्ग्रेसका संसदीय दलका प्रमुख सचेतक निर्मला क्षेत्रीलगायतका टोली चीन भ्रमणमा गएको थियो । उक्त टोली चीनको गान्सु प्रान्तमा आयोजित चौथो सांस्कृतिक तथा नवौं पर्यटन महोत्सवमा सहभागी भई नेपाल फर्केको हो ।

चीनमा रहँदा त्यहाँका अधिकारी समक्ष सिल्क रोड, वान बेल्ट वान रोडको अवधारणा, कृषि र पर्यटनको विषयमा पनि गम्भीर छलफल भएको मन्त्री गिरीले बताउनुभयो ।

प्रान्तीय भ्रमण गरेको नेपालको प्रतिनिधि मण्डलसँग चिनियाँ सरकारी टोलीले गान्सु प्रान्तमा रहेको मरुभूमिमा बनाइएको मोनका केक भन्ने पहाडलाई लुम्बिनीको सांस्कृतिक सम्बन्ध जोडेर अगाडि बढाउने विषयमा छलफल भएको छ ।

यसैगरी गान्सु प्रान्तको सियान, सिचुवानको छेन्दु र लुम्बिनी क्षेत्रसँग जोडेर बौद्ध पर्यटन प्रवद्र्धन गर्न छलफल अगाडि बढाइएको मन्त्री गिरीले बताउनुभयो ।

मन्त्री गिरीले चिनियाँहरू लुम्बिनीमा भ्रमण गर्न अत्यन्तै उत्साहित भएको बताउँदै नेपालीलाई चीन र चिनियाँले नेपाल भ्रमण गर्ने गरी कार्यक्रम अगाडि बढाउनुपर्ने साझा धारणामा समेत छलफल भएको बताउनुभयो । उहाँले चिनियाँहरू नेपालका पर्यटन व्यवसायीसँग हातेमालो गरेर अगाडि बढ्न चाहेको बताउँदै चिनियाँ प्रतिनिधि मण्डल छिट्टै नेपाल आउने र लगानीको क्षेत्र पहिचान गरी आवश्यक कार्यक्रम अगाडि बढाउने समेत गिरीले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter