नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर

काठमाडौँ, भदौ २३ गते । नेपाल र चीनबीच आपसी सहयोगका तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा आज भएको चीनका विदेशमन्त्री वाङ यी तथा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको भेटवार्ता लगत्तै तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुई देशका मन्त्रीको उपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौतापत्र एक आपसमा साटासाट गरिएको थियो ।

मनाङमा चीनको सहयोगमा अस्पताल निर्माण परियोजनाको सम्झौतापत्रमा ‘चाइना इन्टरनेसनल कोअपरेसन एजेन्सी’का उपाध्यक्ष बेङ ओ चेङ र नेपालका अर्थ सचिव डा. राजन खनालले हस्ताक्षर गर्नुभयो ।

त्यसैगरी, उहाँहरुले नै आपतकालीन विपदका लागि चीनले पाँच हजार थान त्रिपाल लगायतका सामग्री सहयोग प्रदान गर्ने लगायतका कागजपत्र आदानप्रदान गर्नुभयो ।

त्यस्तै, नेपालस्थित चिनियाँ राजदूत हाउयाङ सी र शिक्षा मन्त्रालयका सचिव महेश दाहालले आपसी सहमतिमा नेपालस्थित शैक्षिक प्रतिष्ठानमा चिनियाँ स्वयंसेवीले चिनियाँ भाषाको अध्यापन गर्न पाउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

उच्चस्तरीय भेटवार्तामा दुई देशका सम्बन्ध फराकिलो बनाउन बीआरआई परियोजनाको कार्यान्वयनमा तीब्रता दिने, चीनले नेपाललाई दिने आर्थिक सहयोग वृद्धि गर्ने तथा सम्पदा संरक्षणमा भूमिका निर्वाह गर्ने विषयमा थप पहल गर्ने विषयमा छलफल भएको थियो ।

करिब डेढ घण्टा चलेको वार्तामा दुबै देशका प्रतिनिधिमण्डलले आफ्नो क्षेत्रसँग सम्बन्धित विषय प्रस्तुत गर्नभएको थियो ।

आइतबार नेपाल आउनु भएका विदेशमन्त्री वाङले मंगलबार विहान उच्चस्तरीय भेटवार्ता र पर्यटकीय क्षेत्रको मनोरञ्जनात्मक भ्रमण सम्पन्न गरी चीन फिर्ता हुने कार्यक्रम रहेको जनाइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter