प्रधानमन्त्रीको घाँटीमा राखिएको क्याथेटर निकालियो

काठमाडौँ, भदौ २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला उपचारको क्रममा सिंगापुरमा उहाँको घाँटीको नसामा राखिएकोे ‘क्याथेटर’ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले भन्नुभयो, ‘‘मिर्गौैलामा एन्टीबडी बढेपछि त्यसको निराकरणका लागि सिंगापुरमा ‘प्लाज्मा फेरोसिस’ गर्दा प्रधानमन्त्री ओलीको घाँटीको नसामा राखिएको क्याथेटर निकालिएको हो, उहाँको अवस्था अहिले सामान्य छ ।”

प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौलामा एन्टीबडीको मात्रा बढेपछि ओलीले सिंगापुरको नेशनल युनिभर्सिटि अस्पतालमा गएर प्लाज्मा फेरोसिस विधिबाट मिर्गौलाको एन्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली बुधबार नै सरकारी निवास बालुवाटार फर्किसक्नुभएको छ ।

गत ५ भदौमा ओली मिर्गौलाको उपचार गर्न दोस्रो पटक सिंगापुर जानुभएको थियो । त्यस अघि १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएर उपचार गराउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter