सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने – मन्त्री अर्याल

काठमाडौं, भदौ २८ गते । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने बताउनुभएको छ ।

जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको आज यहाँ आयोजित भवन उद्घाटन एवं सम्मान कार्यक्रममा उहाँले सरकारले ल्याउन लागेको भूमि ऐनबाट यो समस्या दीर्घकालीनरूपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले सहकारीले रोजगारी सिर्जना गर्न र दिगो विकासको लक्ष्यमा पुग्न दु्रतगतिमा उत्पादनमुखी क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउँदै कृषि र उत्पादन क्षेत्रमा गरिने लगानीमा कर छुटको व्यवस्था रहेको जानकारी दिनुभयो ।

उहाँले भूमि बैंक स्थापनाको नियमावली अन्तिम चरणमा पुगेको जानकारी दिँदै स्थानीय सरकारले खाली जमीनको नक्सा उपलब्ध गराएपछि यसको समुचित प्रयोग गरी व्यावसायिक कृषि उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउने बताउनुभयो ।

मन्त्री अर्यालले सहकारीमा जम्मा भएको जनताको रकमको सुरक्षाका लागि कर्जा सुरक्षण विभागमा आवद्ध गराउने व्यवस्था गरिएको उल्लेख गर्दै सुशासन कायम राखी पारदर्शीरुपमा सहकारीले कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य यशोदा अधिकारीले प्रदेश सहकारी ऐनले ठूला तथा मझौला आयोजना र जनतालाई आत्मनिर्भर बनाउने कार्यमा लगानी गर्न ढोका खुला गरेको बताउनुभयो ।

सङ्घका अध्यक्ष डिल्ली पोखरेल, उपाध्यक्ष पार्वती बराल, नेकपाका नेतृ भगवती चौधरी, राट्रिय सहकारी बैंकका सदस्य रमेश पोखरेल, समाजसेवी महेश रेग्मीले सहकारीको माध्यमबाट रोजगारी सिर्जना गरी व्यावसायिक कृषि र पशुपालनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री अर्यालले भवन खरीद गर्न रु ५० हजारदेखि पाँच लाखसम्म सहयोग गर्ने ११३ सहकारी संस्थालाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो । सङ्घले विराटनगर–९ स्थित चार धुर जग्गामा तीनतले भवन रु ९० लाखमा खरीद गरेको छ ।

मोरङ जिल्लामा ६०२ बचत, १४३ बहुउद्देश्यीय र २३५ कृषि सहकारी गरी कूल एक हजार ९९ सहकारी सञ्चालनमा छन् । जिल्लाका सहकारीले वार्षिक रु आठ अर्ब ४७ करोड निक्षेप सङ्कलन, रु ११ अर्ब १० करोड कर्जा प्रवाह र रु २६ अर्ब आर्थिक कारोवार गर्ने गरेको छ । सहकारीमा तीन लाख १५ हजार शेयर सदस्य रहेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter