त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था थप

काठमाडौँ, भदौ ३१ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई लक्षित गरी विमानस्थलकाे सुरक्षा व्यवस्थापनलाई तीव्रता दिएको छ । विमानस्थलको सुरक्षा निकायका प्रमुख डिआइजी सूर्यप्रसाद उपाध्यायले विमानस्थलको सुरक्षामा उचित व्यवस्थापन गर्न तीव्रता दिइएको जानकारी गराएका हुन् ।

डिआइजी उपाध्यायले ‘नेपाल भ्रमण वर्ष–२०२०’समेत ध्यानमा राखेर विमानस्थलको सुरक्षाका लागि थप सय वटा सिसीटिभी क्यामेरा जडान गर्न लागिएको जानकारी दिए । हाल विमानस्थलमा तीन सय ४५ वटा सिसीटिभी क्यामेरा जडान गरिएको छ । अब थप हुने सिसीटिभी क्यामेराले विमानस्थलको सुरक्षा व्यवस्थालाई थप भरपर्दो बनाउने उनले बताए ।

डिआइजी उपाध्यायले विमानस्थलबाट समान नहराउने भरपर्दो व्यवस्था गरिएको पनि दावी गरे । उनले यात्रुको सामान हराए सम्बन्धित एयरलाइन्सबाट नै क्षतिपूर्ति दिलाउने व्यवस्था गरिएको बताए । सबै सामानहरु सिसीटिभी क्यामेराको निगरानीमा राखेर यात्रुलाई दिने गरेकाे विमानस्थलले जानकारी दिए ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले विमानस्थलको व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग आवश्यक समन्वय गर्न प्राथमिकता दिने बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter