साढे नौ घण्टापछि पाँचखालमा अवतरण भएका हेलिकप्टर काठमाडौं उडे

मधुसुधन तिमल्सिना / काभ्रे, भदौ ३१ गते । मौसम खराबका कारण काठमाडौं जान नसकेपछि पाँचखाल नगरपालिकामा अवतरण भएका चार हेलिकप्टर साढे नौ घण्टापछि काठमाडौं गएका छन् । मङ्गलबार बिहान ७ बजे पाँचखालमा अवतरण भएका चार हेलिकप्टर दिउँसो ४ः३० बजे मौसममा सुधार भएपछि काठमाडौं गएका हुन् ।

लुक्लाबाट अलपत्र परेका विदेशी पर्यटक लिएर काठमाडौ उडेका मनाङ्ग एयरका दुई वटा, सिम्रिक र कैलाश एयरका एक/एक वटा हेलिकप्टर खराब मौसमका कारण काठमाडौं जान नसकेपछि बिहान ७ बजे पाँचखालका किसानका खेतमा अवतरण भएका थिए ।

पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका थिए भने पाँचखाल नगरपालिका २ कै हर्सेमा एक वटा हेलिकप्टर अवतरण भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले करीब साढे नौ घण्टापछि चार वटै हेलिकप्टर पाँचखालबाट काठमाडौं गएको बताउनुभयो । मौसममा केही सुधार आएपछि चार वटै हेलिकप्टर काठमाडौं गएका छन् । जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले पाँच जना सडक मार्गबाट र बाँकी १२ जना यात्रु हेलिकप्टरबाटै काठमाडौं गएको जानकारी दिनुभयो । सिम्रिक एयरका पाँच जनाले छिटो काठमाडौं पुग्नुपर्ने बाताएपछि पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले लैजानुभयो ।

उहाँका अनुसार चार वटा हेलिकप्टरमा १७ विदेशी पर्यटक र चार चालक दलका सदस्य रहेका थिए । चालक दलमा पनि दुई जना विदेशी र दुई जना नेपाली रहेका थिए । लुक्काबाट आएका विदेशी पर्यटकमा मलेसियन, चाइनिज र युरोपका रहेको एपी सापकोटाले जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले पाँचखाल नगरपालिकामा आपत्त परे हेलिकप्टर अवतरण भएदेखी नउडन जेल सम्म स्थानीय र जनप्रतिनिधिले सत्कारका साथ राखेको बताउनुभयो । म आफैँ उहाँहरु भेटन पुगेको थिए, अन्य जनप्रतिनिधि, स्थानीयहरुको पनि सहभागिता रहेको थियो । हामीले स्थानीय स्तरमा हुने खानेकुरा खुवाएर करीब साढे नौ घण्टा उहाँलाई सुरक्षित स्थानमा हुनुहुन्छ भन्ने सन्देश प्रभाव गरिरयौँ । उहाँले भन्नुभयो । उहाँले सिम्रिक एयरमा रहेका पाँच जनालाई काठमाडौं ठमेलमा आफ्नै गाडीमा राखेर पुर्याएको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter