विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न निर्वाचन आयोग सकारात्मक

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न आयोग सकारात्मक रहेको बताएका छन् । उनले त्यसका लागि सरकारले छुट्टै कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार थपलियाले विदेशमा रहेका नेपालीहरुलाई कसरी मतदानमा भाग लिने व्यवस्था गर्ने भन्ने सन्दर्भमा आयोगले विभिन्न अध्ययन गरिरहेको जानकारी दिए । अनलाईन, हुलाक वा मोबाइलबाट मतदान गर्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव उनले सरकारलाई दिए । बुथ राखेर विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्ने विद्यमान कानुनी व्यवस्था कार्यान्वयन हुने अवस्था नहरकाले अन्य विकल्पका लागि कानुन बनाउनु पर्ने उनले बताए ।

आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी तीब्र रुपमा भइरहेको जनाएको छ । थपलियाले उपनिर्वाचनका लागि मतदाता नामावली अध्यावधिक गर्न सुरु भएको जानकारी दिए । एक साता भित्र नमावली अध्यावधिक गरेर परिचयपत्र वितरण सुरु गर्ने उनले स्पष्ट पारे । उपनिर्वाचनमा भाग लिन २१ वटा राजनीतिक दलले निवेदन दिएको उनले बताए ।

आगामी १४ मंसिरको प्रतिनिधिसभाको कास्की क्षेत्र नम्बर २, प्रदेश सभा अन्तरगत बाग्लुङ, दाङ र भक्तपुर तथा स्थानीय तहका ४७ वटा रिक्त सिटमा उपनिर्वाचन हुँदैछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter