२० लाख पयर्टक भित्र्याउने गरि काम भइरहेको छ : पर्यटनमन्त्री भट्टराई

काठमाडौँ, असोज ३ गते । संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० मा २० लाख पयर्टक भित्र्याउने गरि सरकारले तयारीको कामलाई तीब्रता दिइरहेको बताएका छन् ।

मन्त्रालयको कार्ययोजनाका सन्दर्भमा शुक्रबार पत्रकारहरुसँगको भेटघाटमा मन्त्री भट्टराईले गत वर्ष नेपालमा १२ लाख पयर्टकको आगमन भइसकेकाले थप ८ लाख पयर्टक थप्नेगरी सरकारले भ्रमण वर्षको तयारी गरिरहेको जानकारी दिए । ‘गत वर्ष १२ लाख पयर्टकको आगमन भएकाले सबैको प्रयासबाट थप ८ लाख पयर्टक भित्र्याउने काम सम्भव छ’, भट्टराईले आत्मविश्वासका साथ भने, ‘राष्ट्रिय हितमा नकारात्मक प्रचार गर्ने होइन, नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिएर काम गर्ने हो भने योजना पूरा हुन्छ ।’

नेपाल भ्रमणका लागि अमेरिका, चीन, श्रीलंका, कोरिया, जापान, म्यान्मारसहित १० मुलुकलाई मुख्य बजारका रुपमा पहिचान गरेर सरकारले पयर्टन प्रबद्र्धन अगाडि बढाएको जानकारी दिँदै उनले लक्ष्य पूरा गर्न हरेक दिन मन्त्रालयमा नियमित ‘फलोअप मिटिङ’ भइरहेको पनि बताए । भ्रमण वर्ष उद्घाटनको दिन आगामी जनवरी एकमा विदेशस्थित नेपाली दूतावासमा सम्बन्धित देशका राष्ट्रप्रमुख, प्रधानमन्त्री वा उच्चस्तरीय सरकारी अधिकारीको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिने र ७ वटै प्रदेशमासमेत उच्च तहका विदेशी पाहुनाहरुको सहभागितामा भव्य उद्घाटन कार्यक्रम सम्पन्न गर्ने योजना रहेको भट्टराईले जानकारी दिए ।

७० वर्ष माथिका वृद्ध–वृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने परिपक्व निर्णयलाई गलत ढंगले प्रचार गरिएको भन्दै भट्टराईले दुःख व्यक्त गरे । ‘०५१ सालमा मनमोहन अधिकारीको सरकारले वृद्ध–वृद्धालाई एक सय रुपैयाँ भत्ताको निर्णय गर्दा पनि अहिले जस्तै गलत प्रचार गरिएको थियो, अहिले बढेर ३ हजार पुगेको छ’, भट्टराईले भने, ‘कुनै पनि निर्णयभन्दा पहिला राजनीतिक घोषणा हुन्छ, त्यसपछि कार्यान्वयनको चरण अघि बढ्छ, त्यसैले हामी त्यो परिपक्व निर्णयबाट पछि हट्ने प्रश्नै छैन ।’

सरकारको सफलता वा असफलता मन्त्रीहरुको कामसँग जोडिएको स्पष्ट पार्दै भट्टराईले पोखरा विमानस्थलको काम निर्धारित लक्ष्यभन्दा ६ महिना अगावै सम्पन्न गरेर २०२० डिसेम्बरभित्रै संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter