‘नेपाल खुला दिशामुक्त राष्ट्र’ घोषणा हुने

काठमाडौँ, असोज १० गते । सरकारले यही १३ असोजमा ‘नेपाललाई खुला दिशामुक्त राष्ट्र’ घोषणा गर्ने भएको छ ।

खानेपानी मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही असोज १३ गते सोमबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी नेपाललाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी गराएको हो । सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएकाले राष्ट्रिय उत्सवको रुपमा मुलुकलाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले बताइन् । उनले सो अभियानलाई सफल बनाउन सबै मन्त्रालय, सम्वद्ध पक्ष र सर्वसाधारणलाई अपिल गरिन् ।

सरकारले सन् २०११ सालबाट हरेक जिल्लालाई खुला दिशामुक्त घोषणा गर्न सुरु गरेको थियो । सोही अभियान अन्तरगत सबैभन्दा पहिला कास्की जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको थियो । यो अभियान स्कुल तह, जिल्ला तहहुँदै अघि बढाइएको मन्त्री मगरले बताइन् । अभियानमा सबै राजनीतिक दल, पेशा र व्यवसायमा संलग्न रहेकाले पनि देशलाई नै खुला दिशामुक्त घोषणा गर्न सक्ने अवस्थामा आई पुगिएको खानेपानी मन्त्रालयले जनाएको छ । नेपालमा खुला दिशामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानलाई तीव्रता दिने सरकारको योजना छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter