मूल्यवृद्धि गर्नेलाई कारबाही गरिने

काठमाडौँ, असोज ११ गते । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दशैँको मुखमा उपभोक्तालाई मार पर्ने गरी अनावश्यक मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

उहाँले वृद्धि भएको मूल्य शनिबारसम्म घटाएर उपभोक्तालाई राहत दिन व्यवसायीलाई आग्रह गर्नुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले व्यवसायीसँग छलफल भइरहेकाले शनिबारसम्म मासुको मूल्य पुरानै कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

दशैँको पूर्वसन्ध्यामा खसीको मासुको मूल्य एक सयदेखि दुई सय रुपियाँ वृद्धि भएर प्रतिकेजी एक हजार चार सय रुपियाँसम्म पुगेको छ । मासुको अभाव हुन नदिन तीन हजार खसी र च्याङ्ग्रा भिœयाइएको जानकारी दिँदै मन्त्री यादवले मूल्य स्थिर नरहे अन्य उपभोग्य वस्तुजस्तै मन्त्रालयले मासु पनि आफैँ बिक्रीवितरण गर्ने बताउनुभयो ।

उहाँले विगतका वर्षहरूभन्दा यस वर्ष बजार अनुगमन झनै तीव्र बनाइएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “अनुगमनको परम्परागत शैली परिवर्तन भएको छ, संयन्त्र सक्रिय छ । ”

पत्रकार सम्मेलनमा मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा गरेको अनुगमनको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले विवरणअनुसार असोजमा मात्रै ९१ वटा अनुगमन गरिएकोमा ३० वटा व्यापारिक

फार्मसित स्पष्टीकरण माग गरिएको जनाएको छ । २५ वटा व्यापारिक प्रतिष्ठानलाई छ लाख ३० हजार रुपियाँ जरिवाना तिराइएको छ । तीन महिनामा कुल ४०१ अनुगमन गरिएकोमा १७४ लाई जरिवाना गरी २४ लाख ४७ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको मन्त्रालयले जनाएको छ । दोषी ठहर भएका ४५ वटा व्यापारिक प्रतिष्ठानको सिलबन्दी र रोक्का गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter