अन्तरराष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाईको विकास गर्न जोड

वीरगञ्ज, असोज १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रबद्र्धन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताउनुभएको छ ।

आजदेखि शुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रम टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रसिद्ध गढीमाई मेलाले यहाँको मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले अन्तरराष्ट्रिय सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा गढीमाई क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रत्येक वर्ष तराईलगायत यस क्षेत्रमा हुने डुबान र नदी कटानको कारण ठूलो मात्रामा अन्नबालीको क्षति हुने भएकाले यसलाई रोक्न दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले नेपाल सरकारले गढीमाई नगरपालिकालाई नमुना शहरका रुपमा विकास गर्न सारेको लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै प्रदेश नं २ सरकारले अगाडि सारेको ‘बेटी बचाऊ बेटी पढाऊ’ कार्यक्रममा आफनो पूर्ण समर्थन रहेको बताउनुभयो ।

उहाँले यस क्षेत्रलाई सरकारले माछामा आत्मनिर्भर बनाउन माछा सुपर जोन कार्यक्रम अघि सारेको बताउँदै यहाँको कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकास गर्न सङ्घीय सरकार कटिबद्ध रहेको बताउनुभयो ।

प्रत्येक पाँच पाँच वर्ष वर्षमा लाग्ने सो मेलाको शोभायात्राको उद्घाटनमा गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिग्राम ढकाल, उच्च अदालत जनकपुर वीरगञ्जका मुख्य न्यायाधीश दिल्लीराज आचार्य, सांसद रमेशप्रसाद यादव, गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साहलगायतले गढीमाईको महिमावारे प्रकाश पार्नुभएको थियो ।

उद्घाटनपछि गढीमाई मन्दिरबाट कलश यात्रा निस्केको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter