युवती समूहको सक्रियतामा बालविवाह बदर

प्रेमराज सिम्खडा / कालिकोट, कात्तिक १ गते । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा युवती समूहको सक्रियतामा वालविवाह रोकिएको छ । नगरको वडा नं ६ की १८ वर्षीया किशोरीले उमेर नपुगी गरिएको वालविवाह सोही वडामा गठित लालीगुराँस अविवाहित युवती समूहले वडा सरकारको रोहवरमा विवाह वदर गराई माइतीमा फिर्ता गराएको छ ।

समूहकी युवतीले वडा नं ६ का अध्यक्ष टक्कवहादुर फर्साल र सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ का अध्यक्ष भरतवहादुर बिकको रोहवरमा लिखित कागज गराएर उमेर पुगेपछि सोही विबाह कायम हुने शर्तमा वालबिवाह बदर गरिएको हो । किशोरीले सान्नीत्रिवेणी गाउँपालिका वडा नं १ का एक युवासंग भाग्दै गर्दा युवतीले सूचना पाएपछि उनीहरुलाई समातेर फिर्ता गराएका थिए ।

दुवै पक्षका वडा सरकारलाई बोलाएर लिखित कागजका बनाएर उमेर नपुगी गरिएको विवाह बदर गराइएको किर्डाक नेपाल कालिकोटका सामाजिक परिचालक छाया केसीले बताउनुभयो । किर्डाकले रास्कोटका सबै वडामा प्रजनन् स्वास्थ्यका साथै सानै उमेरमा विवाह गर्दाका असर र वालविवाह न्यूनीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।

उमेर नपुगी विवाह गर्न घर छोडेकी किशोरी सबैको सामु आफूले अन्जानमा भूल गरेको भन्दै अब परिपक्व उमेरमा मात्र विवाह गर्ने प्रतिक्रिया दिएपछि विवाह वदर गर्न सबैलाई सजिलो भएको वडा नं ६ का वडाअध्यक्ष टक्कबहादुर फर्सालले बताउनुहुन्छ । उहाँले पहिलाको तुलानामा निकै कमी आए पनि लुकिछिपी वालविवाह हँुदा त्यस्ता बालविवाह फिर्ता गराउने अभियान सरकार र गैरसरकारी सस्था किर्डाक नेपाल कालिकोटले जारी राखेको उहाँको भनाइ छ ।

यसअघि पनि सोही वडामा वालविवाह हुन लागेको थाहा पाएर पहिला नै युवतीको समूहले जानकारी गराएपछि दुबै केटी र केटा पक्षका अविभावकलाई बोलाएर विवाह बदर गरी उमेर पुगेपछि मात्र विवाह गर्न र गराउन लिखित कागज गराइएको थियो । सेभ द चिल्ड्रेनको सहयोग तथा स्थानीय सरकारको समन्वयमा किर्डाकले कालिकोटमा वालविवाह न्यूनीकरणका लागि जिल्लाव्यापी अभियान चलाइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter