राष्ट्रपतिबाट सातवटै प्रदेशका प्रमुखहरू पदमुक्त; त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

काठमाडौँ, कात्तिक १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकारको सिफारिस अनुसार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिको कार्यालयद्वारा आइतबार विज्ञप्तिजारी गरी नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको जानकारी दिइएको छ ।

यसरी पदमुक्त हुनेहरुमा प्रा।डा।गोविन्दबहादुर तुम्बाहाङ (प्रदेश १), रत्नेश्वर लाल कायस्थ (प्रदेश २), अनुराधा कोइराला (प्रदेश ३), बाबुराम कुवर (गण्डकी), उमाकान्त झा (प्रदेश ५), दुर्गाकेशर खनाल (कर्णाली) र मोहनराज मल्ल (सुदूरपश्चिम) हुनुहुन्छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते सातै प्रदेशको प्रदेश प्रमुखमा नियुक्ति गरेको थियो ।

त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त

त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाइए पनि यसको आधिकारिक जानकारी दिइएको छैन ।

नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको पूर्वअध्यक्ष हुनुहुन्छ । त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई निमित्त दिइएको थियो । सर्च कमिटीले बाँस्कोटासहित डा भगवान् कोइराला र डा चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो । डा बाँस्कोटाले सोमबार साँझसम्म पद बहाली गर्ने तयारी रहेको बुझिएको छ ।

अन्यमा नियुक्ति हुँदै

उपकुलपति रिक्त रहेका पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका लागि सिफारिस गर्न आन्तरिक सूची (रोष्टर) तयारीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही कात्तिक ९ गते सात दिनको समय दिई व्यक्तिगत विवरण पठाउन सूचना प्रकाशन गरेको थियो । उपकुलपति नियुक्तिका लागि यसरी सूचना गरिएको यो पहिलो पटक हो । प्राप्त विवरणका आधारमा नाम सिफारिसका लागि सम्बन्धी सर्च कमिटीले काम गरिरहेको जनाएको छ ।

डा. भगवान कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाउने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्न निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार बसेको बैठकपछि एक मन्त्रीले कोइराललाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।

करिब डेढ घण्टा चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बारे पनि जानकारी गराएका थिए । त्यसैगरी बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउने बारेमा प्रधानमन्त्रीले मन्त्रीपरिषदलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीकाे धापासीस्थित ग्रान्डी अस्पतालमा डायलासिस भएपछि पहिलो मन्त्रीपरिषद बैठक बसेको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter