नेपाली विद्यार्थीले जिते वैज्ञानिक पुरस्कार

काठमाडौँ, कात्तिक १९ गते । रुसमा सम्पन्न आठौँ एसिया प्रशान्त युवा वैज्ञानिक सम्मलेनलमा राजधानीको साउथवेस्र्टन स्टेट कलेज वसुन्धराका विद्यार्थी स्वराजसागर प्रधानले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । प्रधानले आफ्नो भौतिक विज्ञान समूहमा २३ मुलुकका करिब ५० प्रतिस्पर्धीलाई जित्दै स्वर्ण प्राप्त गर्नुभएको हो ।

सम्मेलनमा विभिन्न समूहमा रहेका करिब तीन सय प्रतिस्पर्धीमध्ये प्रधानले ‘युज अफ माइक्रोस्याटलाइट फर ग्लोबल कनेक्टिभिटी, हाइस्पिड ट्रान्समिसन एन्ड डाटा एनालाइसिस’ विषयमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

उहाँका यससम्बन्धी लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित हुँदै आएका छन् । आफू अध्ययनरत कलेजमा दिनहुँ हुने प्रस्तुतीकरण र उत्कृष्ट प्रयोगशालाका कारण सफलता प्राप्त भएको उहाँले बताउनुभयो । सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले साउथवेस्र्टन स्टेट कजेलद्वारा निरन्तर रूपमा गरिँदै आएको कलेजस्तरीय वार्षिक राष्ट्रव्यापी विज्ञान तथा व्यवस्थापन प्रदर्शनीका कारण आफ्ना विद्यार्थीले उक्त प्रतिस्पर्धा जितेको बताउनुभयो । गत वर्ष सो कलेजद्वारा आयोजित विज्ञान प्रदर्शनीमा स्वराज र उहाँको समूहले प्रथम स्थानको राष्ट्रिय पदक प्राप्त गरेको थियो ।

रुसमा अक्टोबर १४ देखि १९ सम्म भएको सम्मेलनमा कलेजका नौ जना विद्यार्थीमध्ये अस्मिता स्कुलकी दीक्षा सञ्जेल र काठमाडौँ मोडेल कलेजका ऋषिकुमार गुप्ताले कास्य पदक जित्न प्राप्त गर्नुभएको छ । नेपाल पोलिमर इन्स्टिच्युट काठमाडौँको पहलमा उक्त सम्मेलनमा विभिन्न कलेजका नेपाली विद्यार्थी

सहभागी थिए । गत महिना नेपाल पोलिमर इन्स्टिच्युटको आयोजनामा भएको राष्ट्रियस्तरको चौथो युवा वैज्ञानिक सम्मेलनमा विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई सम्मेलनमा सहभागी गराइएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter