कालापानी क्षेत्रमा २०१८ सालमै जनगणना गरिएको थियो: सञ्चारमन्त्री

काठमाडौँ, कात्तिक २१ गते । संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कालापानी क्षेत्र भारतमा पर्नेगरी भारतीय पक्षबाट एकपक्षीय रुपमा जारी भएको पोलिटिकल नक्शालाई अस्वीकार गर्ने बताउनुभएको छ । भारतीय पक्षबाट पोलिटिकल नक्शा जारी गर्दा नेपालको भूमि कालापानी क्षेत्रलाई समेटेको विषयमा सरकारको धारणा के छ ? भन्ने जिज्ञासा राखेपछि प्रवक्ता बाँस्कोटाले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सीमा क्षेत्रमा हुने विवादहरुलाई कुटनीतिक र राजनीतिक तहबाट समाधान गर्ने समेत बताउनुभयो । उहाँले नेपाल सरकारका निर्णयहरु सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “कालापानी क्षेत्रमा मात्र होइन अन्यत्र पनि सीमा सम्बन्धि समस्या छन् । तिनलाई कुटनीतिक र राजनीतिक पहलद्वारा ऐतिहासिक तथ्य, प्रमाणका आधारमा टुङ्गाइने छ ।”

उहाँले कालापानीको विषयमा सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेको चर्चा गर्दै भन्नुभयो, “नेपालको तर्फबाट कालापानी क्षेत्रमा २०१८ सालमै जनगणना र राजस्व संकलन गरिएका ऐतिहासिक तथ्यहरुका कारण त्यो भूमि नेपालसँग रहेको स्पष्ट छ ।” उहाँले सीमा समस्या समाधानका लागि सरकारले गम्भीरतापूर्वक पहलकदमी लिएको भन्दै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वभौमसत्तासँग जोडिएका विषयहरुमा सरकार स्पष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वभौमसत्ताको रक्षा गर्नु सरकारको कर्तव्य र दायित्व हो । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले वक्तत्व जारी नै गरिसकेको छ ।”

अमेरिकी सरकारले नेपालको सुरक्षा संवेदनशीलतामाथि उठाएको प्रश्नका सम्बन्धमा प्रवक्ता बाँस्कोटाले आतंकवाद र आतंकवादसँग जोडिएका विषयमा बेखवर हुने सरकारको नीति नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “आतंकवादप्रति हाम्रो कडा नीति रहन्छ । आतंकवादप्रति स्ष्ट दृष्टिकोण, नीति र व्यवहार छ ।” उहाँले भन्नुभयो, “कुनै पनि प्रकारको आतंकवादलाई स्थान दिन सक्दैनौं । यो हाम्रो प्रष्ट राष्ट्रिय नीति हो ।”

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter