सीमा विवादबारे छलफल गर्न प्रम निवासमा सर्वपक्षीय बैठक

काठमाडौँ, कात्तिक २३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाउनुभएको सर्वपक्षीय बैठक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न थाल्नुभएको हो ।

उक्त बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, संघीय समाजवादी,राजपाका लगायत अन्य दलका शीर्ष नेताको उपस्थिति थियो।

बैठकमा पूर्वप्रधानमन्त्री भट्टराईले सीमा विवाद कूटनीतिक तवरले नै सुल्झाउनुपर्ने सुझाव दिए । भट्टराईले भने, ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो। सरकारले कुटनीतिक तवरले नै सीमा विवादहरू हल गर्नुपर्छ भन्ने मेरो सुझाव रह्यो ।’

यस्तै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सीमा विवादलाई कुटनीतिक माध्यबाट समस्याको समाधान गर्नका लागि राजनीतिक र प्राविधिक समिति गठन गर्न सरकारलाई सुझाव दिए । उनले भने, ‘ यस्तो गम्भीर विषयमा सरकारले छिटो भन्दा छिटो राजनीतिक र प्राविधिक समिति बनाएर समस्याको समाधान गर्नुपर्छ भन्ने कुरा राखेको छु ।,’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी सयुक्तका अध्यक्ष एवम् पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भारतले जारी गरेको नक्साका विषयमा भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

बैठकमा नेपालको भूमि कालापानी रहेका भारतीय सेना फिर्ता हुनुपर्ने सुझाव आएको भन्दै उनले भने, ‘सरकारले विज्ञप्ति निकालेर मात्रै पुग्दैन, अतिक्रमित भूमि फिर्ता ल्याउन र कालापानीबाट भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्छ। भारतीय पक्षलाई आफ्ना कुरा भन्नुपर्छ।’ यस्तै पूर्व परराष्ट्रमन्त्री र सीमा विदले पनि कुटनीतिक बाटोबाट अगाडि बढ्न सरकारलाई सुझाव दिएका छन् ।

उनले सर्वपक्षीय बैठक सुरु हुनअघि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेताहरुसँग छुट्टै छलफल समेत गरेका थिए । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै दलहरुले विरोध गर्दै आएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter