नक्सा सच्याउन उपयुक्त माध्यमबाट पहल भएको छ:मन्त्री ज्ञवाली

काठमाडौँ, कात्तिक २४ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले नेपालको भूभाग सामेल गरी हालै जारी गरेको नक्सा सच्याउन उपयुक्त माध्यमबाट पहल सुरु भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियु आवद्ध विद्यार्थीले नक्सा सच्याएर नेपालको भूभाग फिर्ता लिन माग गर्दै आइतबार बुझाएको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री ज्ञवालीले भारतको त्यो कदम विरुद्ध नेपालको सबै दल र पक्ष एकमत भएको जानकारी गराउनुभयो ।

‘‘हाम्रो जमिन हो भन्नेमा दुइमत छैन , तपाँईहरू भ्रममा नरहनुस् सुगौली सन्धिपछि बनेको नक्सामा कुनैपनि तलमाथि गर्न पाँइदैन’’ , उहाँले स्पष्ट पार्नुभयो ।

नेपालमा आफ्नो भूमिको सम्बन्धमा राष्ट्रिय सहमति जुटेकाले तथ्य प्रमाण सहित भारतसँग वार्ता गर्ने तयारीमा नेपाल रहेको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।

उहाँले नेपालको सिमाना लिम्पियाधुराको कुटियाङ्दी अर्थात हालको महाकाली नदी हो भन्ने प्रष्ट्याउनुभयो । विगतका समयमा जुनसुकै बहानामा सरकार चुप बसे पनि अब भने भूमि फिर्ता ल्याउन र सीमा विवादा सँधैका लागि टुङ्गो लगाउन कूटनीतिक पहल जारी राख्ने उल्लेख गर्नुभयो । भारतसँग कुनै वैरभाव नराखी ऐतिहासिक तथ्यका आधारमा कुरा गर्ने भएकाले कायम रहेको मित्रतामा कुनै असर नपर्ने धारणा मन्त्री ज्ञवालीको थियो ।

ज्ञापनपत्र बुझाउन अनेरास्ववियुका संयोजक ऐन महर,सहसंयोजक रन्जित तामाङ, लगायतका विद्यार्थी नेता परराष्ट्र मन्त्रालय पुगेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter