डा. केसीले भारतीय प्रधानमन्त्रीलाई पत्र लेख्दै अनसन स्थगित गरे

डडेलधुरा, कात्तिक २६ गते चिकित्सा शिक्षा सुधारको माग राख्दै १७औँ अनसन बसेका डा. गोविन्द केसीले भारतीय प्रधानमन्त्रीको नाममा पत्र लेख्दै अनसन तोडेका छन् । उनले आफ्नो भूमि भारतले अतिक्रमण गरेकाले सरकारलाई सघाउनका लागि अनसन तोडेको उल्लेख गरेका छन् ।

चिकित्सा शिक्षा ऐन संशोधन गरिनुपर्ने, एमबिबिएस, बिडिएस शुल्क र सिट संख्यामा वृद्वि गर्ने निर्णय खारेज गरिनुपर्नेलगायत सातबुँदे माग राख्दै डा. केसी १८ कात्तिकदेखि अनसन बसेका थिए । अनसन तोड्दै उनले भनेका छन्, ‘अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु । तर यहीबीचमा समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ ।’

डा. केसीले बालक श्रीयान्स जैरूकाे हातबाट जुस पिएर अनसन ताेडेका हुन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter