प्रचण्डलाई कार्यकारी अधिकार, ओलीलाई सरकारको सम्पूर्ण जिम्मेवारी

काठमाडौं, मङ्सिर ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीको सम्पूर्ण काम हेर्ने कार्यकारी अधिकार सहितको जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

यस्तै सरकारको सम्पूर्ण जिम्मेवारी अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले भन्नुभयाे, अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुनुहुने छ र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने छ ।

यो कार्य विभाजन पछि पनि उहाँहरुको मर्यादाक्रम भने यथावत नै रहने बैठकपछि प्रवक्ता नरायणकाजी श्रेष्ठले बताउनुभयो ।

सचिवालय बैठकमा मन्त्रिपरिषद्को हेरफेर बारे केही छलफल नभएको र यो प्रधानमन्त्रीको अधिकारको विषय भएकाले प्रधानमन्त्रीेले तुरुन्तै हेरफेर गर्नु हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद बैठकमा आफूले कुनै पनि महत्वपूर्ण निर्णय गर्ने बताउनु भए पछि आज मन्त्रीहरूको हेरफेरको निर्णय हुने संभावना रहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter