नवनियुक्त मन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौँ, मङ्सिर ५ गते । नवनियुक्त मन्त्रीहरुले बिहीबार दिउँसो पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद हेरफेर पछि बिहान शपथग्रहण भएको थियो । सपथग्रहण सकिएसँगै नवनियुक्त मन्त्रीहरुले पदभा ग्रहण गरेका छन् ।

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणसँगै सबै मन्त्रीले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका छन् ।

कृषिमन्त्री भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने बताए । उनले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना रहेको बताए ।

त्यस्तै सामान्य प्रशासनमन्त्री त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफु लागिपर्ने बताएका हन् । उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको समन्वयमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने पनि बताए ।

यातायातमन्त्री नेम्वाङले भौतिक पूर्वाधारको क्षेत्रमा लिइएका गलत नीतिहरु सच्याउँदै अघि बढने प्रतिवद्धता व्यक्त गरेका छन् । नेम्वाङले काठमाडौंको सडकको समस्या चाँडोभन्दा चाँडो समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

काठमाडौंको सडकको दूरावस्थाबारे आफू जानकार रहेकाले पनि सो समस्या समाधान गर्न समस्या नहुने नवनियुक्त मन्त्री नेम्वाङको भनाई छ ।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गुरुङले बाल विवाह अन्त्य हुने गरी २ महिना भित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव स्वीकृत गरे । महिला र बालबालिका माथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव नवनियुक्त मन्त्री गुरुङले स्वीकृत गरेका हुन् ।

उनले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

सपथ ग्रहणमा नवनियुक्त मन्त्रीहरू वसन्तकुमार नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, रामेश्वर राय यादवलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुषाललाई कृषि तथा पशुपक्षी विकास र पार्वत गुरूङलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि रघुवीर महासेठले भौतिक पूर्वाधार तथा यातायात, गोकर्ण विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा, लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन, मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति, चक्रपाणी खनालले कृषि तथा पशुपक्षी विकास र थममाया थापाले महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्बेवारी सम्हाल्दै आएका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter