उत्कृष्टता शिक्षाले नभई व्यवहारले झल्काउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, मङ्सिर ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट मानिस भनेको पढाई मात्र नभई व्यवहारबाट हुने बताएका छन् । काठमाडौं विश्वविद्यालय (केयू) को २५ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले शिक्षा लिने मात्र नभई व्यवहार पनि परिवर्तन गर्नुपर्ने बताए ।

ओलीले लैङ्गीक विभेद अन्त्यमा शिक्षाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । दिक्षान्त समारोहमा दिक्षित एक हजार ६ सय चार मध्ये आठ सय ६३ महिला थिए । प्रधानमन्त्रीले आत्मविश्वासका साथ काम गर्न दीक्षितहरुलाई आग्रह गरे ।

प्रमुख अतिथी भारतको मणिपाल विश्वविद्यालयका अध्यक्ष डा.के रामनारायणले रोग निको पार्न मानवताले सहयोग गर्ने तर्क गर्दै चिकित्सकले शक्ति, आशा र मायाको सञ्चार गराउदै स्वस्थ्य जीवन दिनको लागि प्ररित हुनु पर्नेमा जोड दिए ।

१६०४ दीक्षित, २४६ विदेशी

समारोहमा एमसिएच, डीएम, एमडी, एमएस, एमएससी र एसडीएसका १ सय ४८ जना, एमविविएसका एक हजार ९, विडिएसका दुई सय १, विएस्सी नर्सिङ्गका एक सय १६ र विपिटीका २४ जना दीक्षित भएका छन् । दीक्षित मध्ये २ सय ४६ जना भारत, भुटान, श्रीलंका, मालदिभ्स, अमेरिका र बेल्जियमका छन् ।

स्नातक तह एमबिबिएसमा सबै भन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अंक ल्याउने लुम्बिनी मेडिकल कलेजका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्ण पदक प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरण गरे ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter