बुधबारदेखि मेडिकल सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने


काठमाडौं, मंसिर १० । मेडिकल कलेजका सञ्चालकहरुले अतिरिक्त शूल्क फिर्ता गर्न नमानेपछि बुधबारदेखि विद्यार्थीसँग उजुरी लिएर ठगी मुद्दामा कारबाही गर्ने निर्णय सरकारले गरेको छ ।

मंगलबार गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले सोमबार मेडिकल कलेज सञ्चालकलाई शुल्क फिर्ता गर्न २४ घन्टाको समय दिएको थियो । उनीहरुले नमानेपछि सरकार कानूनी कारबाहीमा अघि बढ्ने निर्णय गरेको हो ।

सरकारले यसअघि मेडिकल कलेज सञ्चालकलाई सुरुमा एक महिना तथा पछि १५ दिनको अल्टिमेटम दिएको थियो । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनमा तीन वर्षमा निजी मेडिकल कलेजहरुले तीन खर्ब ठगी गरेको ठहर गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter