उपनिर्वाचन २०७६ : मतपत्र मतपेटिका केन्द्रमा

खाँदबारी, मङ्सिर ११ गते । सङ्खुवासभाको मकालु गाउँपालिकाका मतदान केन्द्रहरुमा मतपत्र र मतपेटिका पठाइसकिएको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सामग्रीहरु भौगोलिकरूपमा विकट गाउँमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालय सङ्खुवासभाका प्रमुख चोलाराज दङ्गालले जानकारी दिनुभयो ।

भौगोलिकरूपमा विकट मानिएका मकालु गाउँपालिकाको पाँच मतदान केन्द्रमा मङ्गलबार र अन्य बाँकी मतदान केन्द्रमा आज बिहान मतपत्र र मतपेटिकासहित कर्मचारी पठाइएको निर्वाचन कार्यालय प्रमुख दङ्गालले जानकारी दिनुभयो । आजसम्ममा दुईवटै स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी खटाइने छ । मकालु गाउँपालिकाको सबै मतदान केन्द्रमा निर्वाचन सामग्री पठाइसकिएको र खाँदबारी नगरपालिका–३ को दुई केन्द्रमा आज साँझसम्म पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मकालु गाउँपालिकाका १० मतदान स्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलमा राखेको छ । एक मतदान स्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको छ । निर्वाचन हुने मकालु गाउँपालिकामा नौ हजार एक मतदाता रहेका छन् भने खाँदबारी नगरपालिका–३ मा एक हजार ८३० मतदाता छन् । मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी–३ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter