पेट्रोलियम पदार्थ खोजमा महत्वपूर्ण मानिने ‘साइस्मिक सर्वे’को काम तिब्र

दैलेख, मङ्सिर १२ गते । दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि महत्वपूर्ण मानिने ‘साइस्मिक सर्वे’को काम तिब्र पारिएको छ । जिल्लाको विभिन्न स्थानमा यस सर्वेको काम तिब्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त टोलीले पेट्रोलियम अन्वेषणको काम अगाडि बढाउँदै आएका छ । विदेशमा पेट्रोलियम अन्वेषण काममा अनुभव प्राप्त गरेका नेपाली कामदारहरुसमेत अन्वेषणमा खटिदै आएका छन् ।

साइस्मिक सर्वेपछि पेट्रोलियम पदार्थको भण्डारण क्षेत्र पहिचानकाे काम सुरू हुने छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलिय भण्डारणको बढी सम्भावना भएकाले जिल्लाका विभिन्न स्थानहरूमा १० ठाउँमा जमिन मुनी डिलिङ्ग गरिएको छ ।

अनुसन्धानमा जमिन मुनी तरङ्ग पठाएर सोहीअनुसार बढी पेट्राेलियको भण्डारण भएको स्थान ड्रिलिङ्गको काम हुने खानी तथा भूगर्व विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । साइस्मिक सर्वेका लागि भिरालो जमिन र चट्टानहरु भएका कारण समस्या थपिएकाे उनले बताए । अन्वेषणका लागि एक समूहमा ८ जना नेपाली र २ जना चिनियाँ विज्ञहरु संलग्न रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter