ललितपुरमा साइकल यात्रुको लागि छुट्टै लेन; मेयर शाक्यको घोषणा : महानगरमा हरियाली पार्क नै पार्क

ललितपुर महानगरपालिकाले साइकल यात्रुको लागि सडकमा छुट्टै साइकल लेन बनाई संचालनमा ल्याएको छ ।

शनिबार महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन निर्माण गरिएको बताइएको छ । चालु सडकमा नै छुट्याइएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताए । उनले साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको बताए ।

अहिले महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको बताएको छ । अहिले व्यवस्था गरिएको साइकल लेनमा अन्य सवारी साधन सँग मिलेर चलाउनु पर्ने हुन्छ ।

मेयर शाक्यको घोषणा : महानगरमा हरियाली पार्क नै पार्क

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरभित्र हरियाली पार्क बनाउने घोषणा गरेका छन् । शनिबार महानगर वडा नम्बर ५ बुद्धविहारले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सार्वजनिक जग्गामा हरियाली पार्क बनाउने घोषणा गरेका हुन् ।

‘महानगरपालिकाले सार्वजनिक जग्गामा पार्क बनाउने अभियान सुरु गरेको छ ,’ उनले भने, ‘तीन वर्षभित्र हरियाली पार्क बनाइ सक्छौँ ।’ महानगरको प्रत्येक वडामा पार्क बनाउने काम भइरहेको पनि उनले जिकिर गरे । कार्यक्रममा बाेल्दै उनले ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काम तिब्र रूपमा अगाडि बढिरहेका बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण शिलवालले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पर्नेमा जोड दिए । ‘सार्वजनिक सम्पत्तिको संरक्षण र विकास गर्नुपर्छ,’ उनले भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीयबाट हुनुपर्छ ।’

भूमाफियाले मिचेको सार्वजनिक जग्गा फिर्ता ल्याउने पनि शिलवाले बताए । वडा नम्बर ५ मा भूमाफियाले मिचेका जग्गा स्थानीयवासीको सहयोगमा फिर्ता ल्याउने उनले बताए । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोल र नेकपा नेता विरेन्द्र प्रजापतिले सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पर्ने धारणा राखेका थिए । महानगरको ९० लाखको बजेटमा वडा नम्बर ५ मा बुद्धविहार बनाउने काम भइरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter