मानव अधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्छु : अध्यक्ष शर्मा

ललितपुर, मङ्सिर २९ गते । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मुलुकमा मानवअधिकार स्थापित गर्न जीवनपर्यन्त लाग्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजना गरिएको ११आँै मानव अधिकार राष्ट्रिय महाभेला–२०७६ समापन समारोहमा आज उहाँले आफ्नो कार्यकाल करीब १० महिना मात्र भए पनि बाँचुन्जेलसम्म मानव अधिकारका लागि काम गर्ने बताउनुभयो ।

“स्वतन्त्र भएर मानव अधिकार बहालीका लागि काम गर्छु”, अध्यक्ष शर्माले भन्नुभयो, “मानव अधिकार एउटा आन्दोलन हो, यसको क्षेत्र व्यापक छ, नेपाली जनता सबैमा हामी एक हुँ भन्ने भावना रहुनजेल समाज विखण्डन हुँदैन ।”

एक सप्ताहसम्म चलेको महाभेलाले मानव अधिकारका क्षेत्रमा आगामी दिनमा योजनाबद्ध तरिकाले अगाडि बढ्न सहयोग पुग्नेछ भन्ने विश्वास लिएको र योजनाअनुसार काम गर्नुपर्ने उहाँको भनाइ थियो । महाभेलाका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष जीतराम लामाले महाभेलाका अवसरमा ५० जिल्लामा विभिन्न कार्यक्रम गरेको र अर्काे वर्ष सबै पालिकास्तरमा गएर मानव अधिकार रक्षाका कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

मधेसी आयोगका अध्यक्ष डा विजय दत्तले मुलुकमा काम गर्ने मानव अधिकारसम्बन्धी सबै मिलेर मानव अधिकार संरक्षण र संवद्र्धनका लागि लाग्नुपर्नेमा जोड दिनुभयो । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले संविधानमा व्यवस्था भएका कुरा कार्यान्वयनमा चुनौती भएको र आम मानिसको बीचमा लैजाने भन्ने विषयमा ध्यान दिएर अघि बढ्न सुझाव दिनुभयो ।

महाभेलाको पूर्वसंयोजक शान्तलक्ष्मी श्रेष्ठले नेपाली जनसमुदाय सबैले आफ्नो घर घरमा मानव अधिकार प्रत्याभूति हुने काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म चलेको सो कार्यक्रममा २०० भन्दा बढी सङ्घसंस्था सहभागि भएका थिए । मानव अधिकारकर्मीले वर्षैभरीनै मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहने मत जाहेर गरेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter