स्वास्थ्य स्वयंसेविकालाई मोबाइलः सेवा सहज

गोपालप्रसाद बराल / महोत्तरी, मङ्सिर ३० गते । हातहातमा मोबाइल टेलिफोन भएपछि स्वास्थ्य स्वयंसेविकाका सेवा सहज हुनाका साथै विस्तारसमेत भएको छ । मटिहानी नगरपालिकाका स्वास्थ्य स्वयंसेविका आपूmले पाएको मोबाइलबाट बस्तीका गृहिणीको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन र सेवा दिने काम सहज भएको बताउँछन् ।

यसपालि १० दिनअघि (५ डिसेम्वर २०१९) मा १६ औंँ अन्तरराष्ट्रिय महिला स्वयंसेविका दिवसका अवसरमा नगरपालिकाले नगर क्षेत्रका ३६ महिला स्वास्थ्य स्वयंसेविकालाई सिमकार्डसहित उपलब्ध गराएको मोवाइल सेटले स्वास्थ्य परामर्श सेवा सहज बनाएको हो ।

स्वयंसेविकासँग मोबाइल भएपछि नगरका नौ वटै वडा बस्तीका सर्वसाधारण महिलाले फोन गरेर आफ्ना समस्या बुझाउने गरेका छन् । फोन गर्नेमा अधिकांश महिला रहेका र उनीहरुले धेरैजसो परिवार नियोजन परामर्श, गर्भवती जाँच र साना नानीलाइ निमोनियाको समस्याबारे परामर्श लिएको स्वयंसेविकाको भनाइ छ । “मोबाइल पाएको भोलिपल्टदेखि नै दिनहुँ कैयन् फोन आइरहेका छन्”, मटिहानी–९ सिमरदहीकी स्वास्थ्य स्वयंसेविका मैपूmल खातुनले भन्नुभयो, “मोबाइलले सेवा सहज हुनाका साथै हाम्रो व्यस्तता पनि बढेको छ ।” यसअघि (मोबाइल पाउनअघि) सेवाग्राहीले भेटेरै आफ्नो समस्या भन्नुपर्नेमा अब फोनबाटै भन्न पाएकाले सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको खातुनको भनाइ छ ।

खातुनजस्तै मटिहानी–७ की स्वयंसेविका अनितादेवीले पनि मोबाइलले सेवा विस्तारमा निकै सजिलो बनाएको बताउनुभएको छ । “खासमा महिलाले नै फोन गर्छन् , जन्मान्तरका उपाय, गर्भजाँच परामर्श र साना नानीहरुको स्वास्थ्य समस्याबारे धेरै फोन आउँछन् ” अनिताले भन्नुभयो, “अब त सानातिना समस्यामा पनि फोन गर्ने बढेपछि दिनभरि नै व्यस्तता बढेको छ ।

नगरपालिका भनिए पनि विपन्न ग्रामीण बस्ती रहेको नगर क्षेत्रमा अति आवश्यकीय स्वास्थ्य सेवाबाट वञ्चित समुदायले स्वयंसेविकालाई अब घरबाटै आफ्ना समस्या भन्न र सुनाउन पाएका छन् । स्वयंसेविकाले पाएका मोबाइलले सेवाग्राहीलाई पनि परामर्श र अन्य सुविधा लिन सहज भएको मटिहानी–७ कै बासिन्दा पेशाले सञ्चारकर्मी दीपिका साह बताउनुहुन्छ ।

लामो समयदेखि आधारभूत तहमा स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएका स्वास्थ्य स्वयंसेविकालाई सूचना र सञ्चार प्रविधिमा पहुँच बढाउने उद्देश्यले मोबाइल सेट उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । विज्ञान र प्रविधिको विकासको प्रतिफल अनुभूति नै गर्न नसकेका स्वयंसेविकालाई सेवा विस्तार र सहज बनाउने उद्देश्यले मोबाइल सेट उपलब्ध गराइएको नगरप्रमुख मण्डल हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

अहिले स्वयंसेविका र सेवाग्राहीले पनि स्वयंसेविकाले पाएका मोबाइलले निकै सजिलो बनाएको प्रतिक्रिया दिएको नगरप्रमुख मण्डलको भनाइ छ । नौ वडामा विभाजित मटिहानी नगरपालिका क्षेत्रमा ३६ स्वास्थ्य स्वयंसेविकाले वर्षाँैदेखि निःस्वार्थ सेवा गर्दै आएका छन् । खासगरी गर्भवतीको स्याहार, खानपिन र सुत्केरी गराउने कुरामा ठीक परामर्श दिने एवं ससाना नानीको स्याहारसम्भारबारे सचेतना वृद्धिमा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान रहेको नगरप्रमुख मण्डलले बताउनुभयो । मटिहानी नगरकार्यपालिकाले स्वास्थ्य स्वयंसेविकालाई लक्ष्य गरी थप सेवा र सुविधा विस्तार गर्ने जनाएको छ ।

नगरपालिकाले स्वयंसेविकालाई उपलब्ध गराइएको मोबाइल सेटको विषयमा जिल्लाका अन्य स्थानीय तहले पनि चासो बढाएका छन् । आधारभूत तहको स्वास्थ्य सेवामा दत्तचित्त स्वयंसेविकालाई सूचना र सञ्चार क्षेत्रमा पहुँच बढाउन आफ्नो नगरपालिकाले पनि केही सोच्न लागेको जिल्लाकै भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साह बताउनुहुन्छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter