प्रधानमन्त्रीको शल्यक्रिया सफल; प्रम ओली तथा मिर्गौलादाता समीक्षा दुबैको अवस्था सामान्य

काठमाडौं, फागुन २१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने भएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए पछि त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

विज्ञप्तिमा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेकाे सबै सूचकाङ्कहरू राम्रो अवस्थामा रहेको समेत उल्लेख गरिएको छ । साथै प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने उहाँकी भाञ्जी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाइएको छ ।

प्रधानमन्त्रीको प्रत्यारोपणको शल्य चिकित्सा टोलीमा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली प्रा.डा.अनन्तकुमार लगायतका टोलीको सहभागिता रहेको जनाइएको छ ।
त्यस्तै मिर्गौला प्रत्यारोपण टोलीमा प्रा.डा.दिव्या सिंह शाह, डा.महेश सिक्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली संलग्न रहेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा.अनिल श्रेष्ठ, र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको थियो ।

प्रधानमन्त्रीको शल्यक्रिया सफल

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक प्रत्यारोपण गरिएको उपचारमा संम्लग्न प्रा.डा.प्रेमराज ज्ञवालीले बताउनुभएको छ ।

प्रा.डा.ज्ञवालीकै नेतृत्वमा प्रधानमन्त्री दोस्रो पटक मिर्गाैला प्रत्यारोण गरिएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा बुधबार बिहान १० बजेबाट प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगिएको थियो । प्रधानमन्त्री ओलीको शल्यक्रियाको प्रकृया ३ बजे सकिएको थियो भने उहाँको नयाँ मिर्गाैलाले काम गर्न सुरु गरिसकेको प्रा.डा.ज्ञवालीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

प्रधानमन्त्री ओलीको पहिलो पटक १२ बर्षअघि भारतमा मिर्गाैला प्रत्यारोपणमा संम्लग्न डा.अनन्त कुमार र मिर्गाैला रोग विशेषज्ञ बुधबार गरिएको प्रत्यारोपण शल्यक्रियामा संम्लग्न रहनु भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter