राष्ट्रिय खेलकूद विकास विधेयक पारित

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

सो विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । यही फागुन १९ गते सोमबार सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि स्थगित गरिएको थियो । नेपाली काँग्रेसका सांसद पार्वती डिसी चौधरीले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नु भए पनि निर्णयार्थ पेश हुन सकेको थिएन ।

यस्तै, आजको बैठकले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गर्नुभएको सो प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकले ‘नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter