हल्लाको पछि नलागाैं, चार महिनालाई पुग्ने औषधि मौज्दात छ

मुकुन्द गैरे / काठमाडौं फागुन २२ गते । बजारमा औषधि अभावको हल्ला चलिरहेको बेला औषधि सम्बन्धी काम गरिरहेका व्यवसायीले हल्लाको पछि नलाग्न आग्रह गरेको छन् ।

नेपाल औषधि आयात कर्ता संघका महासचिव पवन आचार्यले आफूहरु सँग चार महिनालाई पुग्ने औषधि मौज्दात रहेको जानकारी दिनुभयो । सामाजिक सञ्जालमा औषधिको अभाव भन्ने खबरले जनतालाई भ्रम सृजना समेत गरेको उहाँले बताउनुभयो ।

नेपालका तीन करोड जनतालाई पुग्ने औषधि व्यवसायीहरु सँग रहेको जानकारी दिदै हल्लाको पछि लागेर अनावश्यक औषधि खरिद गरेर नराख्न सर्वसाधारणलाई महासचिव आचार्यले आग्रह गर्नुभयो ।

हिजो मात्रै एक व्यवसायीले बंगलादेशबाट दुई करोड प्यारा सिटामोल नेपाल ल्याउन सुरु गर्नुभएको समेत महासचिव आचार्यले जानकारी दिनुभयो ।

बिभिन्न मुलुकहरुबाट व्यवसायीहरुले आयात गरिरहेको र बजारमा औषधि स्टक रहेकोले औषधिको बारेमा अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उहाँले सपष्ट पार्नुभयो ।

यता औषधि उत्पादन गर्दै आएको नेपाल औषधि उत्पादक संघले नेपालमा ७० देखि ८० प्रकारका औषधि आफूहरु उत्पादन गर्न सक्षम भएको बताएको छ ।

नेपालमा धेरै औषधि यही उत्पादन हुने भएकोले औषधि अभाव हुन नदिन व्यवसायीहरु छलफलमा लागि रहेको नेपाल औषधि उत्पादक संघका महासचिव बिप्लब अधिकारीले जानकारी दिनुभयो ।

भारत र चीनबाट औषधि आउन रोकिहाले पनि बंगलादेश लगायत अन्य देशबाट कच्चा प्रदार्थ ल्याएर औषधि बनाउन सकिने उहाँले जानकारी दिनुभयो ।

सरकारले कच्चा प्रदार्थ ल्याउन सहजीकरण र सहुलियत गरे स्वदेशी औषधि कम्पनीहरू उत्पादन गर्न सक्षम भएकोले आत्तिहाल्ने अवस्था नरहेको अधिकारी बताउनुहुन्छ ।

यसै गरी औषधि आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड भारत प्रस्थान गर्नुभएको छ ।

नेपालमा औषधि अभाव हुन नदिन भारत सरकार सँग कुरा गर्न आजै भारत प्रस्थान गर्न लागेको र आफू विमानस्थल पुगेको राज्यमन्त्री दुगडले गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो ।

भारतले नेपालमा चाहिने अत्यावश्यक औषधिको लिष्ट मागेको जानकारी दिदै यस बिषयमा पनि भारतीय अधिकारीहरूसँग छलफल हुने उहाँले जानकारी दिनुभयो ।
भारतले कोरोनाको प्रकोपका कारण विदेश निर्यात हुने औषधिमा रोक लगाउने भए पछि नेपालमा औषधिको अभाव हुने आशंका देखिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter