सार्क प्रक्रियालाई नयाँ गति प्राप्त हुने परराष्ट्रमन्त्रीको विश्वास

काठमाडौँ, फागुन २८ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लामो कूटनीतिक ज्ञान र अनुभवले खारिएका दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) नयाँ महासचिवले सार्क प्रक्रियालाई नवगति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महासचिव इसाला रुवान विराकुनसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी, थप सक्रिय, गतिशील र परिणाममुखी तुल्याउन महासचिवका प्रयासमा नेपाल सरकारबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्कप्रतिको नेपाल सरकारको प्रतिबद्धता दोहो¥याउँदै उहाँले १९औँ शिखर सम्मेलन यथाशीघ्र होस् भन्ने नेपालको चाहना रहेको र सार्कको वर्तमान अध्यक्षका नाताले शीघ्रातीशीघ्र उक्त सम्मेलन आयोजना गर्ने वातावरण तयार गर्न नेपालले सदस्य राष्ट्रसँग परामर्श गरिरहेको जानकारी उहाँले दिनुभयो ।

सार्क क्षेत्रका साझा चुनौतीबाट पार पाउन र यस भेगको आर्थिक विकासका अथाह सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्नु अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।

महासचिवमा आफूलाई अनुमोदन गरिएकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दै उहाँले महासचिवको जिम्मेवारी निर्वाहका निम्ति आफूलाई नेपाल सरकारबाट आवश्यक मार्गदर्शन र सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सार्कको १४औँ महासचिवका रुपमा यही फागुन १८ गतेदेखि उहाँले कार्यभार सम्हाल्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter