विदेशबाट संक्रमित भित्रन सक्नेतर्फ चनाखो रहन सुझाव

काठमाडौ, फागुन २८ गते । देशका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूले विदेशबाट आउन सक्ने कोरोना भाइरस (कोभिड १९) संक्रमितहरूप्रति विशेष निगरानी राख्न सरकारलाई सुझाव दिएका छन् ।

उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको कोरोना नियन्त्रण सम्बन्धी उच्च स्तरीय संयन्त्रको पहलमा प्रधानमन्त्रीको कार्यालयमा बुधबार आयोजित सर्वदलीय बैठकमा सो सुझाब दिइएको हो

बैठकमा दलका प्रतिनिधिहरूले पहिलो नम्बरमा संक्रमितको हुन सक्ने प्रवेश प्रति निगरानी र सतर्कता बढाउन र केही गरी संक्रमण फैलिहालेमा त्यसको उपचार लगायतको कामका लागि पूर्ण रुपमा पूर्व तयारी गर्न सुझाव दिएको बैठकपछि उपप्रधानमन्त्री इश्वर पोखरेलले पत्रकारहरूलाई जानकारी गराउनुभयो
त्यस्तै यदि संक्रमण फैलियमा त्यसको उपचारमा संलग्न हुने स्वास्थ्य कर्मीको सुरक्षा तथा उनीहरूलाई दिइने बीमा लगायतक सुविधाहरूको बारेमा पहिले नै स्पष्ट हुनु पर्ने सुझाव दिइएको थियो

बैठकमा सत्तारुड दलका तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल तथा माधवकुमार नेपाल तथा नेपाली काँग्रेसका तर्फबाट बालकृष्ण खाँड, गगन थापा, त्यस्तै अन्य नेताहरुमा महन्त ठाकुर, राजेन्द्र महतो बैठकमा सहभागी रहनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter