कोराेना विरुद्ध लड्न संयुक्त प्रयासमा सार्क नेताहरूको जोड

काठमाडौं, चैत २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले केन्द्रीय तथा प्रदेशस्तरमा अनुगमन संयन्त्रहरू गठन गरी कोरोना भाइरसको संक्रमण फैलन नदिन काम गरिरहेको बताउनुभएको छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरूको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले याे क्षेत्र केराेना संक्रमणका दृष्टिकाेणले उच्च जाेखिममा रहेकाे उल्लेख गर्दै याे संयुक्त समस्या भएकाले याे विरूद्ध लड्रन साझा प्रयास आवश्यक रहेकाे कुरामा जाेड दिनुभयाे ।

साथै प्रधानमन्त्री ओलीले सीमा क्षेत्रका अस्पतालहरूलाई दुइदेशबीच हुने आवतजावतका क्रमममा संभावित संक्रमितकाे पहिचान र उपचारका लागि प्रयाेग गर्न सकिने बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि अन्तर्राष्ट्रिय स्तरबाट हुने आवतजावतमा कडाइ गरिएको पनि जानकारी गराउनुभयो । साथै, उहाँले नेपालमा एउटा आयातित ‘केस’ बाहेक अरु कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको नपाइएको बताउनुभयो ।

साथै काेराेनाकाे संक्रमणबाट जाेगिन हात मिलाउनुकाे साटाे हाम्राे परम्परागत नमस्कार विधिलाइ अपनाउन अाग्रह गर्नुभयाे ।
उहाँले सो अवसरमा आफ्नो शिघ्र स्वास्थ्य लाभका लागि व्यक्त गर्नु भएको शुभकामनाका लागि सबै नेताहरू धन्यवाद दिनुभयो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओलीले भिडियो संवाद गर्नुभएको हो ।
सो छलफलमा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले गरेको प्रयासबारे चर्चा गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter