थप २८८ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या २०९९ पुग्यो

काठमाडौँ, जेठ २० गते । पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप २८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २७० जना पुरूष र १८ जना महिला रहेका छन् ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

रौतहट ३८, स्याङ्जा ५, पर्वत ५, सप्तरी १, बर्दिया ३, बाँके १७, सुर्खेत २७, दैलेख ९ जनामा संक्रमण देखिएको छ । यस्तै, सल्यान १८, अछाम १०, बारा १, दाङ १७, प्युठान १, कन्चनपुर ८, कैलाली १०, धनुषा ६, महोत्तरी २ जनामा संक्रमण भेटिएकाे छ ।

भक्तपुर १, धादिङ १, कपिलवस्तु १६, काठमाडौं ४, नवलपरासी पूर्व १, नवलपरासी पश्चिम १, नुवाकोट २, रुपन्देही १० सहित अहिलेसम्म ७७ वटा जिल्लामध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण भएको छ ।

डिस्चार्ज ४५ जना, कुल २६६ डिस्चार्ज

उहाँका अनुसार ४५ जना डिस्चार्ज भएका छन् । मकवानपुर १, गुल्मी १, स्पन्देही १६, कपिलबस्तु ९, सुनसरी १, झापा १७ जना निकाे भएर डिस्चार्ज भएका हुन् ।

योसँगै कुल २६६ डिस्चार्ज भएका छन् ।

क्वारेन्टाइनमा एक लाख ४५ हजार ३७५ रहेका छन् । आइसोलेसनमा एक हजार ८२५ रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter