कोरोनाबाट थप एकजनाको मृत्यु, एकैदिन तीन सय ३४ मा संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौँ, जेठ २२ गते । नेपालमा आज थप तीन सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये थप एकजनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको मन्त्रालयले जनाएको छ।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन्। पाल्पाको पूर्वखोलाका ४५ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको डा. देवकोटाले जानकारी दिए।

उनी भारतबाट पाँच दिनअघि मात्र घर आएका थिए। स्थानीय क्वारेन्टाइनमा राखिएका उनको स्वास्थ्यमा समस्या देखिएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो। २० जेठमै उनको मृत्यु भएको हो। मृत्युपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको देवकोटाले बताए।

बिहीबार दैलेखमा मात्रै एक सय पाँचजनामा कोरोना पुष्टि भएको छ। त्यसैगरी, प्रदेश २ का विभिन्न जिल्लामा गरी आज थप एक सय दुईजनामा संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश २ मा संक्रमितको संख्या नौ सय ६१ पुगेको छ।

आज झापा, मोरङ, दैलेख, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बाग्लुङ, स्याङ्जा, म्याग्दी, पर्वत, मुगु, दाङ, नवलपरासी, बारा, सिन्धुली, ताप्लेजुङलगायतका जिल्लामा कोरोना पुष्टि भएको छ।

हाल प्रदेश १ मा एक सय ४९ जना, प्रदेश २ मा आठ सय ४३ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ५० जना, प्रदेश ५ मा आठ सय १६ जना, कर्णाली प्रदेशमा तीन सय ८० जना र सुदूरपश्चिम प्रदेशमा ७३ जना गरी देशभर दुई हजार तीन सय ३५ जना संक्रमित उपचारको क्रममा छन्।

हालसम्म कोरोना संक्रमण फैलिएका जिल्लाको संख्या ६५ पुगेको मन्त्रालयले जनाएको छ। देशभर गरेर २१ वटा प्रयोगशालामा स्वाब परीक्षण भइरहेको छ।

जनस्वास्थ्य प्रयोगशाला टेकु, जनस्वास्थ्य प्रयोगशाला विराटनगर, प्रादेशिक प्रयोगशाला पोखरा, सेती प्रादेशिक अस्पताल धनगढी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशाला जुम्ला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, धुलिखेल अस्पताल काभ्रे, प्रदेश अस्पताल सुर्खेत, प्रादेशिक प्रयोगशाला हेटौँडालगायतका ठाउँमा गरिएको परीक्षणमा आज तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

दैलेखमा मात्रै आज एक सय पाँचजनालाई कोरोना संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा दैलेखका एक सय पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो। दैलेखकी दुई वर्षीया बालिकामा पनि संक्रमण देखिएको देवकोटाले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर गरेर पिसिआर विधिबाट गरिएको परीक्षणको संख्या ८४ हजार एक सय ३४ पुगेको छ। त्यसैगरी आरडिटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ जनाको परीक्षण भएको छ।

हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या देशभर गरेर एक लाख ६१ हजार दुई सय ६२ छ। आइसोलेसनमा बस्नेको संख्या दुई हजार तीन सय ३५ रहेको देवकोटाले जानकारी दिए ।आजसम्म देशभरबाट संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या दुई सय ९० पुगेको छ। जसमध्ये पुरुष दुई सय ३४ र महिला ५६ जना छन्।

प्रदेश १ बाट ४८ जना, प्रदेश २ बाट एक सय १९ जना, बागमती प्रदेशबाट ३२ जना, गण्डकी प्रदेशबाट तीनजना, प्रदेश ५ बाट ७९ जन, कर्णाली प्रदेशबाट दुईजना र सुदूरपश्चिम प्रदेशबाट सातजना डिस्चार्ज भएका छन्।

पछिल्लोपटक बिहीबार वीरगन्जस्थित नारायणी अस्पतालबाट पाँचजना र बाराको कलैया अस्पतालबाट सातजना गरी १२ जना डिस्चार्ज भएका छन्।

हाल प्रदेश १ मा एक सय ४९ जना, प्रदेश २ मा आठ सय ४३ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ५० जना, प्रदेश ५ मा आठ सय १६ जना, कर्णाली प्रदेशमा तीन सय ८० जना र सुदूरपश्चिम प्रदेशमा ७३ जना गरी देशभर दुई हजार तीन सय ३५ जना संक्रमित उपचारको क्रममा छन्।

आज धरानमा गरिएको परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरू झापा, ताप्लेजुङ, मोरङका, सप्तरीलगायत जिल्लाका छन् । त्यसैगरी जनस्वास्थ्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा नाैजनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरू बारा, सिन्धुली र रौटहट जिल्लाका रहेकाे देवकोटाले बताए।

त्यसैगरी पोखरामा गरिएको परीक्षणमा १६ जनामा पोजेटिभ देखिएको छ। उनीहरू म्याग्दी, बाग्लुङ, पर्वतका र स्याङ्जा जिल्लाका छन्। सेती अस्पतालमा गरिएको परीक्षणमा तीनजनामा पोजेटिभ देखिएको छ। उनीहरू डोटी जिल्लाका हुन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको छ। उनीहरू सबै बाँकेका भएका देवकोटाले बताए। त्यसैगरी धुलिखेलमा गरिएको परीक्षणमा १७ जनामा कोरोना देखिएको छ। उनीहरू सबै कपिलवस्तु कृष्णनगरका हुन्।

त्यसैगरी दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १५ जनामा पोजेटिभ देखिएको छ। उनीहरू सबै दाङका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक सय ६ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमा मुगुका एकजना छन् भने बाँकी एक सय पाँचजना सबै दैलेखका हुन्। जुम्लामा गरिएको परीक्षणमा पाँच वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ।

त्यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा पाँचजनामा संक्रमण देखिएको छ। उनीहरू खोटाङका हुन्। सुर्खेतमा गरिएको परीक्षणमा आठजनामा पोजेटिभ देखिएको छ।

त्यसैगरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ९३ जनामा पोजेटिभ नतिजा आएको छ। उनीहरूमा बाराका पाँच, धनुषाका ६, कपिलवस्तुका १२, महोत्तरीका तीन, रौतहटका ६४ जना छन्। रौतहटका संक्रमितमा ६ महिने बालक पनि छन्। आज संक्रमण पुष्टि हुनेमा तीन सय १९ जना पुरुष र २६ जना महिला छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter