कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो, आज थपिए दुई सय १३ जना

पछिल्लो २४ घन्टामा दुई सय १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले आइतबार गरेकाे पत्रकार सम्मेलनमा दुई सय १३ जना संक्रमित थपिएको जानकारी दिइएको हो । याेसँगै नेपालभरि संक्रमित हुनेकाे संख्या ३४४८ पुगेकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा एक सय दुईजना निको भएर घर फर्किएका छन् । उनीहरूमध्ये एक सयजना पुरुष र दुईजना महिला छन् । यससँगै कुल निको हुनेको संख्या चार सय ६७ पुगेको छ । जसमध्ये तीन सय ९९ जना पुरुष र ६८ जना महिला छन् । अहिलेसम्म निको भई घर फर्किनेहरूमा प्रदेश १ मा ९१, प्रदेश २ मा एक सय ८६, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा तीन, प्रदेश ५ मा एक सय ३३, कर्णाली प्रदेशमा नाै र सुदूरपश्चिम प्रदेशका १३ जना छन् ।

अहिलेसम्म कोरोना भाइरसको आशंकामा कुल ९६ हजार दुई सय पाँच पिसिआर परीक्षण भएको छ । यस्तै, एक लाख ४५ हजार ४९ आरडिटी परीक्षण भएको छ । पछिल्लो २४ घन्टामा तीन हजार सात सय २८ पिसिआर परीक्षण भएको छ भने सात हजार ६ सय १४ आरडिटी परीक्षण भएको छ ।

यस्तै, देशभर एक लाख ७० हजार सात सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश १ मा चार हजार तीन सय ८८, प्रदेश २ मा २२ हजार दुई सय ३२, बागमती प्रदेशमा तीन हजार एक सय ९५, गण्डकी प्रदेशमा पाँच हजार तीन सय ६३, प्रदेश ५ मा ३९ हजार आठ सय ९७, कर्णाली प्रदेशमा ३२ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ६३ हजार पाँच सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रवक्ता देवकोटाका अनुसार देशभर दुई हजार नौ सय ६८ जना संक्रमित अइसोलेसनमा रहेका छन् । जसमध्ये प्रदेश १ मा एक सय ६८, प्रदेश २ मा नौ सय ७४, बागमती प्रदेशमा ५७, गण्डकी प्रदेशमा एक सय आठ, प्रदेश ५ मा नौ सय ४४, कर्णाली प्रदेशमा ६ सय २१ र सुदूरपश्चिम प्रदेशमा ९६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । देशभर ७७ जिल्लामध्ये ७१ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic

NOC says there won’t be shortage of petroleum products despite prohibitory orders

SC bars CIAA from conducting Sting Operations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter