थप ४२५ सङ्क्रमित, कुल सङ्ख्या ५७६० पुग्याे, थप एककाे मृत्यु

काठमाडाैँ, जेठ ३२ गते । नेपालमा थप ४२५ जना सङ्क्रमित भएका छन् । पुरूष ३७५ र महिला ५० जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ७६० पुगेको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको हो ।

६ जना डिस्चार्ज

आइतबार ६ जना डिस्चार्ज भएकाले हालसम्म ९७४ जना डिस्चार्ज भएका छन् ।

थप एककाे मृत्यु

क्वारेन्टाइनमै मृत्यु भएका गुल्मीका ३६ वर्षका एक पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । उहाँ भारतबाट नेपालमा आएर क्वारेन्टाइनमा बस्नुभएको थियाे । उहाँको मृत्युसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

७३ वटा जिल्लामा भाइरस फैलियाे

यस्तै, पूर्वी रुकुममा पनि भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा ७३ वटा जिल्लामा भाइरस फैलिएको छ ।

निजी संस्थालाई पनि कोरोना परीक्षण गर्न दिइने

निजी संस्था (ल्याब) लाई पनि कोरोनाको परीक्षण गर्न दिइने भएको छ ।

कोरोना संक्रमण भए–नभएको परीक्षण गर्न निजी संस्थालाई पनि अनुमति दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसरी परीक्षण गर्दा लाग्ने खर्च भने सरकारले व्यहाेर्ने जानकारी उनले दिए । परीक्षण गर्दा लागेको खर्च सरकारले ती निजी संस्थालाई उपलब्ध गराउने जानकारी प्रवक्ता डा. गौतमले दिए ।

अहिलेसम्म सरकारी निकायहरूले मात्र कोरोनाको परीक्षण गर्दै आएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter