थप ४५१ जना सङ्क्रमित, कुल सङ्क्रमित छ हजार २११ पुग्याे

काठमाडाैँ, असार १ गते । नेपालमा थप ४५१ जना सङ्क्रमित भएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या छ हजार २११ पुगेको छ । उनीहरूमध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेकाे साेमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो ।

पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र सात महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ४१ पुगेको छ । तीमध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।

नेपालमा कोरोना भाइरसको परीक्षण गर्नको लागि पोखरामा थप एउटा पीसीआर उपकरण जडान गरिएको छ । योसँगै नेपालमा २२ वटा पीसीआर उपकरणले देशका विभिन्न स्थानबाट जम्मा गरिएका स्वाब परीक्षण हुँदै आएको छ ।

यस्तै, लम्कीचुहा नगरपालिकामा रहेकाे क्वारेन्टाइनमा भएकाे सामूहिक बलात्कारमा स्वास्थ्यकर्मीहरू सम्लग्न भएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनीहरूलाई कडा कारबाही गर्ने उहाँले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter