थप ५३८ सङ्क्रमित, कुल दश हजार ९९, थप एककाे मृत्यु

काठमाडौँ, असार ९ गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

७६ जना डिस्चार्ज

यस्तै, थप ७६ जना निकाे भएर डिस्चार्ज भएका छन् । मङ्गलबार मात्रै आठ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार २२४ पुगेकाे छ, जसमा १८९ महिला र २,०३५ पुरुष छन् ।

रेड जाेन

रेड जाेनमा काठमाडाैँ र ललितपुरका एक/एक जना थपिएसँगै सङ्ख्या ५०८ पुगेकाे छ ।

थप एक मृत्यु

त्यस्तै दैलेखका ४५ वर्षका एक जना पुरूष काेराेनाका कारणले मृत्यु भएकाे बताउनुभयाे । याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेकाे छ ।

रसुवा जिल्लामात्रै सुरक्षित

नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरूको सङ्ख्या ७६ छ । देशभरका ७७ जिल्लामध्ये बाग्मती प्रदेशको रसुवा जिल्लाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter