उपत्यकामा दुईसहित थप ६२९ सङ्क्रमित, कुल सङ्क्रमित दश हजार ७२८ पुग्याे

काठमाडौँ, असार १० गते । पछिल्लो २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थप सङ्क्रमितमध्ये ११० जना महिला र ५१९ पुरुष रहेका छन् । काठमाडाैँका एक पुरूष र भक्तपुरका एक महिलालाई पनि कोरोना लागेको पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दश हजार ७२८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

डिस्चार्ज

यस्तै, थप ११४ जना निकाे भएर डिस्चार्ज भएका छन् । थप आठ महिला र १०६ पुरुष डिस्चार्ज भएका हुन् । कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार ३३८ पुगेकाे छ ।

रेड जाेन

रेड जाेनमा ललितपुरका एक जना थपिएसँगै सङ्ख्या ५०९ पुगेकाे छ ।

यसैबीच राससका अनुसार आज डिस्चार्ज हुनेमा जलेश्वर अस्पताल महोत्तरीबाट एक महिला र १८ पुरुष, कोभिड–१९ अस्पताल सपही जनकपुरबाट २० पुरुष, सिन्धुली अस्पताल सिन्धुलीबाट तीन पुरुष रहेका छन् । यस्तै चितवनस्थित भरतपुर अस्पतालबाट नवलपरासी (पूर्व)का एक पुरुष र नवलपरासी (पश्चिम)का दुई पुरुष, चितवनका पाँच महिला र १३ पुरुष, कपिलवस्तुका एक महिला रहेका छन् ।

यसैगरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका चार पुरुष, मोरङका १८ पुरुष, सुनसरीका एक महिला र चार पुरुष तथा तेह्रथुमका एक पुरुष रहेका छन् । डिस्चार्ज हुनेमा दमौली अस्पताल तनहुँका एक पुरुष, धौलागिरि अस्पतला बाग्लुङका चार पुरुष, गोरखा अस्पताल गोरखाबाट एक पुरुष, जिपी कोइराला शुक्लागण्डकीबाट छ पुरुष र कालिका अस्पताल स्याङ्जाबाट १० पुरुष रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार अहिलेसम्म दुई हजार ३३८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९७ महिला र दुई हजार १४१ पुरुष छन् । पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट छ हजार ८२८ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा १२ हजार ११२ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ७८ हजार ६३९ जना क्वारेन्टिनमा र आठ हजार ३६६ जना आइसोलेशनमा रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter