उपत्यकामा नाैसहित थप ४३४ सङ्क्रमित, कुल ११ हजार १६२

काठमाडौँ, असार ११ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बिहीबारसम्ममा एक हजार १४२ महिलासहित ११ हजार १६२ जना पुगेका छन् । वितेको २४ घण्टामा ४८ महिलासहित ४३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोभिड–१९ सङक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणबाट मृतकको संख्या २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा देशका विभिन्न २२ वटा प्रयोगशालामा छ हजार ५४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, आरडिटी विधिबाट चार हजार १६७ जनाको परीक्षण गरिएको थियो । आइसोलेसनमा रहेर कोभिड–१९ को उपचार गराइरहेका महिला १९ सहित ३१२ जना बिहीबार डिस्चार्ज भएका छन् । अहिलेसम्म दुई हजार ६५० जम्मा डिस्चार्ज भइसकेका छन् ।

प्रवक्ता प्रा.डा.गौतमका अनुसार, हालसम्म मुलुकभरका क्वारेन्टाइनमा ७४ हजार २२ जना र आइसोलेसनमा आठ हजार ४८६ जना रहेका छन् । दुईवटा कलसेन्टरबाट बिहीबार ९७४ कल प्राप्त गरेको र बिहीबार वेभसाइटमार्फत् १६६ जनाले लक्षणसहितको केस दर्ता गरेको जनाइएको छ । ‘हाम्रो स्वास्थ्य’ एप मार्फत् समेत लक्षण गर्दा गराउने सुविधा प्राप्त छ । यसरी दर्ता गरिएका केसमा बिहीबार ५०९ जना रेडजोनमा परेका छन् । त्यसमध्ये एक जना काठमाडौँका रहेका छन् । वाग्मती प्रदेशको रसुवावाहेक ७६ जिल्लामा कोरोना भाइरस सङ्क्रमित पाइएको छ ।

दुई जनाको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट बिहीबार दुईजनाको मृत्यु भएको छ । कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । प्रवक्ता प्रा.डा. गौतमका अनुसार, स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका १ का ५८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राति ११ः३५ बजे मृत्यु भएको थियो । मधुमेह र स्वासप्रश्वासका विरामी समेत भएका निज पुरुषलाई अप्ठेरो महसुस भएपछि केही दिनअघि फेवा सिटी अस्पतालमा भर्ना भएको थियो । विरामीमा कोभिड–१९ सङ्क्रमण पोजेटिभ भएको पाइएपछि असार ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यस्तै, ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका ५ का पुरुषको पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । एक्कासी कोखा दुःखेपछि मानव अंग प्रत्यारोपण केन्द्रमामा पुर्याइएका निजलाई नर्भिक अस्पतालमा भर्ना गरी उपचार थालिएको थियो । विरामीमा कोभिड–१९ पोजेटिन पाइएपछि पाटन अस्पतालमा पठाइएको थियो । आइसीयूमा उपचारकै क्रममा असार ११ गते विहान ५ बजे निधन भएको जनाइएको छ ।

प्रवक्ता प्रा.डा.गौतमले कोरोना भाइरस महामारीका कारण उत्पन्न अवस्थाले युवा पुस्तामा मानसिक समस्या देखिएकाले त्यसको निरुपणका लागि ध्यान दिन अभिभावकसँग आग्रह गर्नुभएको छ ।

उहाँले कोभिड–१९ सङ्क्रमणपछि बन्दाबन्दी र त्यसपछिका दिनमा मृत्युदर बढेको चर्चा गर्दै युवा पुस्तामा देखिएको एन्जाइटी र डिप्रेसनको कारण खोजी गर्दै कुरा सुन्ने र समाधान गर्नेतिर ध्यान दिन अनुरोध गर्नुभयो ।

उहाँले इन्जाइटी र डिप्रेसन भएका व्यक्तिले आत्महत्या गर्ने भएकाले त्यस्ता व्यक्तिले आफ्ना कुरा भन्न पाउने र सुनिदिने व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter